मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

घर-घरमै स्वास्थ्य सेवासहितको सामुदायिक स्वास्थ्य कार्यक्रम प्रभावकारी

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
३ पौष २०८२, बिहीबार

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्युनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको घरघरमै स्वास्थ्य सेवासहितको सामुदायिक स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

गाउँपालिकाले सुरु गरेको यो कार्यक्रमले पालिका भित्रका सबै नागरिकको घर आँगनसम्म स्वास्थ्य सेवा पुर्‍याउँदै सचेतनाको स्तर बढाउन महत्त्वपूर्ण भूमिका खेलेको गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बताउनु भयो । 

अध्यक्ष शाहका अनुसार समयमै स्वास्थ्यसम्बन्धी जानकारी नपाउँदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको विगतका अनुभवलाई मध्यनजर गर्दै यो कार्यक्रम अघि बढाइएको हो । उहाँले थप्नु भयो, “रोग लागेपछि मात्र अस्पताल जाने प्रवृत्तिलाई तोडेर रोग लाग्न नदिन र प्रारम्भिक अवस्थामै पहिचान गर्न यो कार्यक्रम ल्याएका हौं ।”

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार सो कार्यक्रम अन्तर्गत गाउँपालिकाका सबै ६ वटा वडामा अनमी, स्टाफ नर्स र अहेव गरी १२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । उनीहरूले मुटुरोग, मानसिक स्वास्थ्य समस्या, पाठेघर तथा स्तन क्यान्सर, गर्भवती महिला, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका तथा किशोर–किशोरीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, परामर्श र सचेतनामूलक सेवा प्रदान गर्दै आएका छन् ।

स्वास्थ्य शाखाका संयोजक नगेन्द्रकुमार शाहले कार्यक्रममार्फत प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गरिने छ र नागरिकको अवस्था पहिचान गरेर तथ्याङ्कमा आधारित सेवा प्रवाह गर्ने मुख्य लक्ष्य रहेको छ । 

जनस्वास्थ्य अधिकृत करम चौधरीले यो कार्यक्रमलाई अर्थपूर्ण र दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमको रूपमा व्याख्या गर्दै सम्पूर्ण वडामा स्वास्थ्यकर्मी परिचालन गरी तथ्याङ्क सङ्कलन र जनचेतना विस्तारको काम सुरु भइसकेको जानकारी दिनु भयो ।

कटकुइया स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना क्षेत्री गुरुङले नरैनापुर–१ गाउँपालिकाकै सबैभन्दा चुनौतीपूर्ण क्षेत्रमध्ये एक भएको बताउँदै यहाँ धेरै महिलाले गर्भधारणपछि आवश्यक ध्यान नदिने र समयमै स्वास्थ्य जाँच नगर्ने गरेको पाउँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पार्ने गरेको बताउनु भयो । उहाँका अनुसार यो घरदैलो स्वास्थ्य सेवा अभियानले गर्भवती र सुत्केरी महिलालाई ठुलो फाइदा पुगेको छ । 

उता, स्थानीयवासीहरूले पनि स्वास्थ्यकर्मीको सक्रियता र निरन्तर उपस्थितिले आफूहरू सुरक्षित महसुस गर्न थालेको बताएका छन् । नरैनापुर २ का रमेश मौर्यले घरघरमै आएर स्वास्थ्य परीक्षण तथा परामर्श दिने र तथ्याङ्क सङ्कलन गर्ने कार्यले धेरै बिरामीलाई लाभ मिलेको बताउनु भयो । 

गाउँपालिकाले यो अभियानलाई अझ विस्तार गर्दै दीर्घकालीन स्वास्थ्य सुधारको आधार बनाउने तयारी गरेको गाउँपालिका अध्यक्ष शाहको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार