मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |
मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |


गरीब, बिपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो प्रचण्ड

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
विश्वका कयौं शहरहरूमा नेपालबाट गएका नेपाली समुदाय सहभागी भएर यो दिवस मनाइरहेका छन्।
११ चैत्र २०७९, शनिबार

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरीब, बिपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विश्व नेवार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गरीब र उत्पीडित वर्गले आफ्नो असल प्रतिनिधि चिन्न सक्नुपर्ने बताएका हुन् ।

‘नेपाल जनताको त्याग र बलिदानको बलमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ । यद्यपि, वर्तमान संविधान पनि हामीले अपेक्षा गरेजस्तै पूर्ण चाहिँ छैन । नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य संघर्ष गरेको थियो । जे–जति अधिकार लेखिएका छन्,’ कार्यक्रममा प्रधानमन्त्रीले भने- ‘त्यसका लागि निर्णायक भूमिका खेलेको थियो । इमान्दार र निरन्तर संगठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन् । तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने कुरा राम्रोसँग चिन्न जरूरी छ ।’

यस्तो छ प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

विश्व नेवार दिवसको उपलक्ष्यमा आयोजित यस कार्यक्रममा सहभागी हुने मौका दिनुभएकोमा नेवार समुदायका तपाई सबै आदरणीय महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। वल्र्ड नेवार अर्गनाइजेसनद्वारा आयोजित यस विश्व नेवार दिवसको उपलक्ष्यमा भइरहेको कार्यक्रमको सफलता र भव्यताका लागि शुभकामना व्यक्त गर्दछु।

नेपाल राष्ट्र निर्माणमा नेवार पुर्खाहरूको मुख्य र ऐतिहासिक भूमिका रहेको यथार्थ हाम्रोसामु छर्लङ्गै छ। नेपाललाई स्वाधीन राष्ट्रको रूपमा विश्वसामु चिनाउन नेवार पुर्खाले विरासतमा हामीलाई छाडेर गएका मन्दिर, पाटी, पौवा, दबली, हिटी, देवालय लगायतका सम्पदाहरू, ।।। ती सम्पदासँग जोडिएका जात्रापर्व, साहित्य संगीतको साँस्कृतिक परम्पराहरू ।।। र यी साँस्कृतिक परम्परासँग जोडिएका खानपिन, भेषभुषा, सभ्य शहर र जीवनलाई चलायमान गर्ने नेवाः दर्शनमा आधारित जीवन व्यवहारहरू र यसबाट पैदा हुने राष्ट्रिय एकताको भावनाको ठूलो योगदान रहँदै आएको कुरा स्मरण गर्न चाहन्छु। विश्वमै नगर सभ्यता शुरु गर्ने अग्रज समुदायमध्ये नेवार समुदाय पनि हो। आज हामीले विश्व नेवार दिवस मनाइरहँदा ती नेवार अग्रजहरूप्रति सम्मान व्यक्त गर्नैपर्दछ।

नेवारहरूको आदिम थलो यही काठमाडौं उपत्यका हो। तर आज देशका प्रायः सबै स्थानमा नेवार समुदायको बसोबास पाइन्छ। नेपालका प्रायः सबै मुख्य शहरहरू काठमाडौं उपत्यकाबाट विभिन्न कालखण्डमा विभिन्न कारणले गएका बसाइँ सरेर गएका नेवारहरूले नै बसालेको पाइन्छ। आज भूमण्डलीकरणको जमाना छ। यसै क्रममा विश्वका कुनै पनि देशमा जाने हो भने त्यहाँ नेवार समुदायका कोही न कोहीसँग भेटघाट हुने अवस्था छ।

नेवार समुदायको एउटा विशेषताको हामी सबैले सम्मान गर्नै पर्दछ। त्यो भनेको नेवारहरु जहाँ जसरी बसे पनि नेवार संस्कृति र पहिचानलाई सामूहिकतामा मनाउँदै निरन्तरता दिने विशेषता हो। एकातर्फ यसले नेपालका अरू समुदायलाई प्रेरणा दिइरहेको छ भने अर्कोतर्फ विदेशमा नेपालको पहिचान, स्वाभिमान र गौरव बढाउने काम भइरहेको छ।

यही परिप्रेक्ष्यमा विश्वभरि छरिएर रहेका नेवारहरूबीच सहकार्य समन्वय गर्न वल्र्ड नेवार अर्गनाइजेशन गठन गर्नु गौरवको कुरा हो। यस संगठनको स्थापना भएको दिनलाई नेपालमा भइरहेझैं विश्वभरका विभिन्न शहरहरूमा नेवा दिवसको रुपमा मनाइरहेका छन्। साथै विश्वका कयौं शहरहरूमा नेपालबाट गएका नेपाली समुदाय सहभागी भएर यो दिवस मनाइरहेका छन्। त्यसैले ती देशहरूमा यो नेवार दिवस मात्र नभएर नेपाल दिवस बन्दै गएको अनुभूति गर्न सकिन्छ।

चितवन र अन्य कतिपय स्थानमा जानैपर्ने भए पनि तपाईहरूको कार्यक्रमलाई महत्व दिएर म उपस्थित भएको छु। यहाँ नेवाको ऐतिहासिक, संस्कृतिको अध्ययन एवं अनुसन्धानसँग सम्बन्धित धेरै बौद्धिक महानुभावहरू हुनुहुन्छ। मैले यहाँ श्रद्धेय दुर्गालाल दाई लगायत थुप्रै अग्रजहरू देखिरहेको छु। उहाँहरूको परिचय केवल नेवार भाषा जाति मात्र होइन। उहाँहरू नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका जिउँदा दस्तावेजहरू हुनुहुन्छ। यसका लागि आयोजक मित्रहरूलाई धन्यवाद भन्न चाहन्छु।

नेपाल जनताको त्याग र बलिदानको बलमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ। यद्यपि, वर्तमान संविधान पनि हामीले अपेक्षा गरेजस्तै पूर्ण चाहिँ छैन। नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य संघर्ष गरेको थियो। जे–जति अधिकार लेखिएका छन्, त्यसका लागि निर्णायक भूमिका खेलेको थियो। इमान्दार र निरन्तर संगठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन्। तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने कुरा राम्रोसँग चिन्न जरूरी छ।

अन्त्यमा, विश्व नेवार दिवसको उपलक्ष्यमा यसै मञ्चबाट विश्वका विभिन्न ठाउँमा छरिएर रहनुभएका नेवारहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। पहिचान र अधिकारको क्षेत्रमा तपाईहरूले उठाउनुभएका माग र मुद्दाहरूप्रति ऐक्यवद्धता प्रकट गर्दै विदा हुन्छु, धन्यवाद ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार