मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |
मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |


माओवादीले उद्गम थलो रोल्पाबाट एमाले-कांग्रेसलाई ‘क्लिन स्वीप’ गर्ला ?

महमूद आलम खान 1132+ समाचार ( )
रोल्पामा बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । जिल्लाका सबै राजनीतिक दल आ–आफ्नो राजनीतिक एजेण्डासहित जनता घर–घर पुगिसकेका छन् ।
१८ वैशाख २०७९, आइतबार

रोल्पा । रोल्पामा बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । जिल्लाका सबै राजनीतिक दल आ–आफ्नो राजनीतिक एजेण्डासहित जनता घर–घर पुगिसकेका छन् ।

रोल्पामा यसपटक पनि नेपाली कांग्रेस र नेकपा एमालेले नेकपा माओवादीसँग प्रतिस्पर्धा गर्ने छन् । अधिकांश स्थानीय तहमा एमाले–कांग्रेससहित अन्य दलको तालमेल भएको छ । तर, माओवादी भने सबै स्थानीय तहमा एक्लै प्रतिस्पर्धामा छ ।

रोल्पामा सत्तारुढ गठबन्धनले सार्थककता पाउन सकेन । कांग्रेसले ५ वटा गाउँपालिका मागेको थियो । तर, माओवादीले आफ्नो आधार इलाकामा धेरैमा ३ वटा गाउँपालिका मात्र दिने भनेपछि कुरा नमिल्दा गठबन्धन हुन नसकेको हो । गठबन्धन नहुने भएपसछि गठबन्धनमा आवद्ध दलहरुबीच स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति भएको छ । रोल्पामा १० वटा स्थानीय तह छन् । सबै स्थानीय तहमा निर्वाचनको माहेल बढेको छ ।

सबै राजनीतिक दलले आफ्नो चुनावी कार्यक्रमलाई स्थानीय स्तरसम्म केन्द्रीत गर्नुले पनि अब रोल्पामा चुनावमय बन्दै गएको बुझिन्छ । जनताको सबैभन्दा नजिकको सरकारको नेतृत्व चयनका लागि राजनीतिक दलहरुले आफ्नो तर्फबाट न्वारानदेखिको बल लगाइरहेका छन् ।

माओवादीको उद्गम थलो रोल्पा जिल्लाका १० वटा स्थानीय तह र ७२ वडामा को विजय हुन्छ ? भन्ने कुराको अड्कलबाजी राजनीतिक सभादेखि चिया गफ अनि सामाजिक सञ्जालसम्ममा छाउन थालेको छ । तर, कसले बाजी मार्ला भन्ने अझै टुंगो छैन । यस्तो अवस्थामा विगतको अवस्था पनि हेर्नुपर्ने हुन्छ ।

अघिल्लो निर्वाचनको अवस्था

२०७४ सालको स्थानीय तहमा नेकपा (माओवादी) केन्द्रले रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका र माडी गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कार्यपालिमामा बहुमत जितेको थियो ।

यसैगरी नेकपा (एमाले)ले त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा नेपाली कांग्रेसले लुंग्री गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो ।

अघिल्लो निर्वाचनको मतलाई नै आधार मान्ने हो भने रोल्पामा नेकपा माओवादी केन्द्र ७० प्रतिशत, नेकपा एमाले २० प्रतिशत र नेपाली कांग्रेस १० प्रतिशत मात्र हो । अब कसले कुन पालिका बाजी मार्ला त्यो हेर्न बाँकी छ ।

रोल्पा नगरामा माओवादी–कांग्रेसबीच प्रतिस्पर्धा

एक मात्र नगर रोल्पा नगरपालिकामा यसपटक पनि माओवादी केन्द्र नै विजय हुन सक्ने अनुमान गर्न थालिएको छ । बलियो संगठन भएकै कारण माओवादीले जित्ने आधार रहेको विश्लेषण हुने गरेको छ ।

२०७४ मा पनि नेकपा माओवादी केन्द्रका पूर्ण केसी ५६३४ मत प्राप्त गर्दे विजयी भएका थिए । नेपाली कांग्रेसका उम्मेद्वार पूर्व सांंसदले ३८२७ मत प्राप्त गर्दै पराजित भएका थिए भने एमालेका मिना शर्माले ४७८ मत मात्र पाएका थिए । मुख्य प्रतिस्पर्धी कांग्रेसको मतअन्तर धेरै भएकाले पनि माओवादी यसपटक पनि परिणाम आफ्नो पक्षमा आउने दावी गर्छ ।

यसपटक रोल्पा नगरपालिकामा नेपाली कांग्रेसका शेरबहादुर थापा र माओवादी केन्द्रका सुरेन्द्र थापा घर्ती मुख्य प्रतिस्पर्धी हुन् । एमालेका उम्मेदवार कमजोर रहेको विश्लेषण हुने गरेको छ ।

सुनछहरीमा विप्लवसहितको विपक्षी मोर्चा

सुनछहरी गाउँपालिकामा माओवादी केन्द्र नै विजय हुने विश्लेषण हुने गरेको छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार आसबहादुर पुनमगर २५५१ मतसहित विजयी भएका थिए । नेपाली कांग्रेसका उम्मेद्वार दुर्गे बुढामगरले ११३६ मत र एमालेका रिमा सुवेदीले ९४७ मत मात्र प्राप्त गरेका थिए । यहाँ पनि माओवादीको मत प्रमुख प्रतिस्पर्धाीको भन्दा दोब्बर भन्दा धेरै छ ।

यसपटक यस गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाका उम्मेदवारबीच तालमेल भएको छ । उनीहरुले सूर्य चिन्हबाट पुस्तमन घर्तीलाई उम्मेद्वार बनाएका छन् । अघिललो निर्वाचनमा बम पड्काउँदै हिडेकालाई उम्मेदवार बनाएका कारण उनीहरुका लागि निर्वाचन जित्न सहज नरहेको माओवादी नेताहरु बताउँछजन् ।

माओवादी केन्द्रले यस गाउँपालिकामा धनबहादुर पुनमगरलाई उम्मेदवार बनाएको छ । २०४७ सालको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष आसबहादुर पुनमगरले राम्रो काम गरेकाले यस पटक पनि परिणाम आफ्नो पक्षमा आउने माओवादीले आशा गरेको छ ।

थबाङ आज पनि माओवादीको आधार इलाका

जनयुद्धको आधार इलाका थबाङमा माओवादी केन्द्रले नै बाजी मार्ने अनुमान गरिन्छ । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार वीरबहादुर घर्तीमगर १९९० प्राप्त गर्दै विजयी भएको थियो । कांग्रेस र विप्लवको समर्थनमा स्वतन्त्र उम्मेद्वार अमित घर्तीमगरले १०५७ मत प्राप्त गरेका थिए ।

यसपटक पनि अमित घर्तीमगरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, उने फिर्ता लिइसकेका छन् । यस्तो अवस्थामा माओवादीलाई नै फाइदा पुग्ने देखिन्छ । थबाङमा माओवादी केन्द्रबाट ऋषिकेशव बुढामगर अध्यक्षका उम्मेदवार हुन् । यो गाउँपालिकामा माओवादी बाहेक अन्य दलको उपस्थिति नगन्य नै मान्दा हुन्छ ।

परिवर्तनमा माओवादीलाई सहज

परिवर्तन गाउँपालिकामा २०७४ मा माओवादी केन्द्रका उमेद्वार निमकान्त डाँगी ४६०८ मतले विजयी भएका थिए । मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार झक्कुप्रसाद घर्तीमगरले आधाभन्दा पनि कम १९८९ मत मात्र प्राप्त गरेका थिए ।

यसपटक माओवादी केन्द्रले अध्यक्षका रुपमा सुकबहादुर बुढामगरलाई अघि सारेको छ । कांग्रेसबाट विश्वकुमार चन्द उम्मेदवार छन् । यसपटक पनि परिवर्तमान माओवादी र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

कांग्रेसबाट उम्मेदवार बनेका चन्दलाई कांग्रेसका नेता कार्यकर्ताले समेत अवसरवादी भन्दै आलोचना गर्ने गरेका छन् । केही समय अगाडि कांग्रेस परित्याग गर्दै स्वतन्त्र भएको घोषणा गरेका चन्द टिकट पाउने भएपछि कांग्रेस फर्केका हुन् । त्यसैले, माओवादी उम्मेदवारलाई सहज हुने अनुमान हुने गरेको छ ।

माडीमा माओवादीलाई एकीकृत समाजवादीको साथ

माडी गाँपालिकामा यसअघि माओवादी केन्द्रका नन्दबहादुर पुनमगर ३१८२ प्राप्त गरी विजयी भएका थिए । नेपाली कांग्रेस र नेकपा एमालेका साझा उम्मेद्वारका रुपमा गोपाल घर्तीले २६२१ मत मात्रै पाएका थिए ।

यसपटक माओवादी केन्द्र र नेकपा एकीकृत (समाजवादी)को तर्फबाट अमरसिंह घर्तीमगर साझा उम्मेदवारका रुपमा प्रतिस्पर्धामा छन् । त्यसैगरी, कांग्रेस र एमालेको तर्फबाट विजयी घर्तीमगर प्रतिस्पर्धामा छन् ।

माडीमा पनि माओवादी हराउन अन्य दललाई सहज छैन । त्यसो त यसअघि माओवादी नेता विजय घर्तीमगर एमाले प्रवेश गरेका थिए । तर, एमालेमा विद्रोह हुँदा हरिप्रसाद घर्ती लगायतको टिम एकीकृत समाजवादी भएका छन् । समाजवादीको मत माओवादीलाई नै हुने भएकाले माओवादीले प्राप्त गर्ने मत अघिल्लो परिणाम भन्दा कम नहुने माओवादीको विश्लेषण रहेको छ । त्यसैले यसपटक पनि माडीमा आफ्नो जित सुनिश्चित रहेको माओवादीको दावी छ ।

सुनिलस्मृतिमा कांग्रेस मुख्य प्रतिस्पर्धी

२०७४ सालको निर्वाचनमायस गाउँपालिकामा माओवादीका उम्मेदवार विजय गुणेन्द्र घर्तीमगर ४१५५ मतसहित विजयी भएका थिए । कांग्रेसका शेरचन महराले ३०६० र एमालेका खिमचन्द्रले १०१९ प्राप्त गरेका थिए ।

यसपटक माओवादीबाट मनिराम बुढाथोकी, कांग्रेसबाट गञ्जबहादुर क्षेत्री, एमालेबाट खिमचन्द्र पुन मगर र नेकपाबाट स्वतन्त्र उम्मेदवारको रुपमा कमल थापा प्रतिस्पर्धामा छन् ।

यो गाउँपालिकामा नेपाली कांग्रेस बलियो प्रतिस्पर्धी पार्टी हो । त्यसैले यसपटक सुनिलस्मृतिमा रोचक प्रतिस्पर्धा देखिन्छ ।

त्रिवेणीमा एमाले फुटको फाइदा माओवादीलाई

त्रिवेणी गाउँपालिकामा २०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार शान्तकुमार वली ३३३३ मतसहित प्राप्त गर्दै झिनो मतले विजयी भएको थियो ।

निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार गंगाप्रसाद बुढामगर ३११२ मत प्राप्त गर्दै झिनो मतले मात्र पराजित भएका हुन । अर्थात माओवादीका उम्मेदवार २२१ मतले मात्र पराजित भएका थिए । कांग्रेसले त ९८४ मत मात्रै पाएको थियो ।

यसपटक माओवादीले साझा उम्मेद्वारको रुपमा रेशम पुनमगरलाई अघि सारेको छ भने एमालेबाट कर्णबहादुर बाँठामगर अध्यक्षका उम्मेदवार हुन् । अघिल्लो मतपरिणामलाई नै आधार मान्ने हो भने यसपटक पनि माओवादी र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

एमालेले जितेको गाउँपालिका भए पनि यसपटक एमालेलाई केही असहज देखिन्छ । एमालेको बलियो वडा मानिएको नुवागाउँमा एमालेका स्थापित नेता शान्तराज बोहरा माओवादी केन्द्रबाटै वडा अध्यक्षका उम्मेदवार बनेका छन् ।

यो गाउँपालिकामा एमालेबाट विद्रोह गरी बनेको नेकपा एकीकृत समाजवादीको पनि राम्रो मत छ । त्रिवेणीमा एकीकृत समाजवादीबाट लालबहादुर खत्री अध्यक्षका उम्मेदवार छन् ।

एमालेको राम्रो मत भएको वडामा एमालेकै नेता माओवादीबाट अध्यक्षको उम्मेदवार बन्नु र एमाले विभाजन भएपछि गठबन भएको एकीकृत समाजवादी पनि प्रतिस्पर्धामा हुनुले यस पटक त्रिवेणीमा एमालेको जित असहज बन्दै गएको छ । यस्तो अवस्थामा माओवादीलाई फाइदा हुने देखिन्छ ।

रुन्टीगढी गाउँपालिकामा त्रिकोणात्मक प्रतिस्पर्धा

रोल्पाका १० वटा स्थानीय तहहरुमध्ये सबैको नजर रुन्टीगढीमा छ । २०७४ को निर्वाचनमा सबैभन्दा प्रतिष्पर्धा भएको गाउँपालिका हो । जसमा एमालेका उम्मेद्वार बालाराम बुढामगर ३४०२ मतसहित विजयी भएका थिए । नेपाली कांग्रेसको टेकहादुर बस्नेतले ३२७९ र नेकपा माओवादी केन्द्रका गोविन्द पुनमगरले ३१०८ मत प्राप्त गरेका थिए ।

रुन्टीगढीमा यसपटक पनि कांगे्रस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट यसपटक यामबहादुर दशौदी अध्यक्षको उम्मेदवार हुन् । कांग्रेसबाट जनक पुनमगर र माओवादी केन्द्रबाट गोविन्द पुनमगर प्रतिस्पर्धामा छन् ।

अघिल्लो निर्वाचनमा तीब्र प्रतिस्पर्धा भएको रुन्टीगढीमा यसपटक प्रनि उस्तै प्रतिस्पर्धा हुने देखिन्छ । तर, यहाँ पनि एमालेले विभाजनको असर देखिन्छ । यस्तो अवस्थामा कांग्रेस र माओवादी मध्ये एकले जित्न सक्ने अवस्था रहन्छ । तर, एमाले पनि त्यति कमजोर भने छैन ।

गंगादेवमा विप्लवले माओवादीको भोट काट्न सक्ने

गंगादेव गाउँपालिकामा पनि सबैको नजरमा परेको छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्रका बीरबहादुर खत्री २४१४ मत प्राप्त गर्दै विजय भएका थिए । एमालेका रोशनकुमार वलीले २२९० र नेपाली कांग्रेसका हरिबहादुर पुनमगरले २२६१ मत प्राप्त गरेका थिए ।

यस गाउँपालिका झ्वाट्ट हेर्दा यसै भन्न सकिने अवस्था छैन । तर, पछिल्लो पाँच वर्षको घटनाक्रम हेर्दा केही मात्रमा माओवादीलाई सहज देखिन्छ । यसबीचमा कांग्रेस स्थानिय समस्यामा फस्यो भने नेकपा एमाले विभाजनको सिकार भयो ।

अघिल्लो निर्वाचनमा दोस्रो मत पाएको एमाले विभाजन भएको छ । गंगादेवमा एकीकृत समाजवादीको भोट माओवादीलाई जाने दावी गरिन्छ । तर, माओवादी पृष्टभूमिबाट हाल विप्लव नेतृत्वको नेकपा हुँदै स्वतन्त्र उम्मेदवार बनेका नेकपाका केन्द्रीय सदस्य चुडामणि ओलीले माओवादीको भोट काट्न सक्ने हुँदा माओवादीलाई केही असहज हुनसक्ने बताइन्छ ।

लुंग्री जोगाउमा कांग्रेसलाई सकस

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस दुर्गाबहादुर खड्का ३१२५ मत लिएर विजय भएका थिए भने माओवादी केन्द्रका तुलाराम खड्का २९१० प्राप्त गर्दै पराजित भएका थिए । त्यसैले यसपटक पनि लुंग्रीमा कांग्रेस र माओवादीबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

यस पटक कांग्रेसबाट जनक खड्का र माओवादीबाट भरत थापा अध्यक्षका प्रत्यासी हुन् । कांग्रेसभित्रको मतभेदको फाइदा उठाउँदै यसपटक कांग्रेसबाट सत्ता खोस्ने माओवादीको योजना रहेको छ । तर, माओवादीलाई त्यति सजिलो भने छैन ।

यसरी हेर्दा आधार इलाकामा माओवादीले केही सुधार गर्ने देखिन्छ । यसमा, मुख्य त एमाले विभाजन र कांग्रेसभित्रको आन्तरिक मतभेदले काम गर्ने माओवादी पक्षको दावी हो । माओवादीले विगतको ७ पालिकामा त्रिवेणी र लुंग्री थप गर्दै ९ वटा पालिकामा जित हात पार्ने दावी गरेको छ । तर, माओवादीले दावी गरेजस्तो नहुन पनि सक्छ । जसले जसरी दावी गरे पनि बैशाख ३० को मतपरिणामले छिनोफानो गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार