डुडुवामा नरेन्द्रलाई पाँच वर्षका लागि पुनः जिताउने नागरिकहरुको प्रतिबद्धता

महमूद आलम खान 1133+ समाचार ( )
अध्यक्षका उम्मेदवार चौधरीले पाँच बर्ष जनताको सेवा गर्न कुनै कञ्जुस्याइँ नगरेकाले जनताले फेरि पनि आफूहरुलाई चुन्ने विश्वास व्यक्त गर्दै अपूरा कामहरुको निरन्तरताका लागि डुडुवामा फेरि कांग्रेसले जित्न जरुरी रहेको बताउनुभयो ।
२० वैशाख २०७९, मङ्गलबार

बाँके । डुडुवाका स्थानीयले कांग्रेसलाई फेरि पाँच बर्षका लागि अनुमोदन गर्ने बताएका छन् । घरदैलोका क्रममा आज (मंगलबार) वडा नम्बर ५ का विभिन्न गाउँमा बाजागाजासहित पुगेका कांग्रेस उम्मेदवारहरुलाई स्थानीयले भब्य स्वागत समेत गरेका थिए ।

"तपाईंहरुले राम्रो काम गर्नुभएको छ, फेरि हामी तपाईंहरुलाई नै जिताउँछौं, स्थानीयले भने-"जित सुनिश्चित छ, ढुक्क भएर जानुस् ।" अध्यक्ष पदका उम्मेदवार नरेन्द्र कुमार चौधरी, उपाध्यक्षकी उम्मेदवार साहिदा बानो, वडा नम्बर ५ का अध्यक्ष पदका उम्मेदवार बेल बहादुर बोहरा लगायत सदस्य उम्मेदवारहरुको टोली खजुरागौडी, कम्दी, पदमपुर लगायतका गाउँमा पुगेको हो ।

अध्यक्षका उम्मेदवार चौधरीले पाँच बर्ष जनताको सेवा गर्न कुनै कञ्जुस्याइँ नगरेकाले जनताले फेरि पनि आफूहरुलाई चुन्ने विश्वास व्यक्त गर्दै अपूरा कामहरुको निरन्तरताका लागि डुडुवामा फेरि कांग्रेसले जित्न जरुरी रहेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार