मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

सरकारले भन्यो- कसैले भन्दैमा जनयुद्ध दिवश हट्दैन

यूथ टुडे समाचारदाता 2591+ समाचार ( )
१७ अशोज २०८०, बुधवार

काठमाडौं । सरकारले ‘जनयुद्ध दिवश’ क्याबिनेटबाटै निर्णय भएकाले कसैले भन्दैमा हटाउने नसक्ने जनाएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यस्तो बताएकी हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘हिंसा थालेको दिन दिवस हुन नसक्ने’ भन्दै खारेज नगरे त्यसविरुद्ध कदम चाल्ने चेतावनी दिएका थिए ।

एमाले अध्यक्ष ओलीको चेतावनीपूति लक्षित गर्दै सञ्चारमन्त्री शर्माले भनिन्, ‘यो क्याबिनेट डिसिजन हो । हिजो हामी नेकपा एमालेसँगै गठबन्धनमा थियौं । त्यतिबेलाको गठबन्धनको सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने भनेर क्याबिनेटबाट पारित गरेको विषय हो । क्याबिनेटले पास गरेको विषय संसदमा एकजना नेताले बोल्दैमा केही हुँदैन । क्याबिनेटले पारित गरिसकेपछि जनयुद्ध दिवस मनाएर जान्छ । जनयुद्ध दिवसको विषयमा उहाँले व्यक्त गरेको अभिव्यक्तिमा सरकारको सहमति छैन ।’

मन्त्री शर्माले आजको व्यवस्था र अवस्था जनयुद्धकै जगमा बनेको समेत बताइन् । ‘जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी यो संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा हुँदैनथ्यौँ’ मन्त्री शर्माले भनिन्, ‘क्याबिनेटले डिसिजन गरेर सरकारको क्यालेण्डरमै समावेश भइसकेको विषयमा अनावश्यक ढंगले घृणा फैलाउनु उपयुक्त हुँदैन ।’ जनयुद्ध खास पार्टी र व्यक्तिको विषय नभएकाले सरकारले दिवसकै रुपमा मनाउने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार