मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

एसइईमा मधेसमा चिट चोराइएको विषयको दोष सिडिओ, एसपी र निरीक्षकले लिनुपर्छः सांसद झा

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले मधेस प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोरिएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारीहरू, एसपीहरू र निरीक्षकले लिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा एसइईमा चिट चोराइएको र आम मधेसलाई दोष दिइएको भन्दै मधेसलाई दोष नदिन आग्रहसमेत गरेका हुन् ।

उनले सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरुले चिट चोर्न छुट दिएको भन्दै चिट चोराउनुमा मधेसको कुनै दोष नभएको बताए ।

सरकारले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए । उनले परीक्षालाई आवश्यक पद्धति र कडाइका साथ परीक्षा गर्न आग्रह गर्दै मधेसलाई दोष नदिन आग्रह गरे ।

‘मधेसले पहाडलाई पढाउनको लागि कुनै बेला उक्लिने गथ्र्यो । तर अहिले मधेस आफैं एसइई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेहरूको चपेटामा पर्दैछ । यसको दोष मधेसले किन खेप्दैछ ? काठमाडौंमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेश झरौं न त्यहाँ बनिहाल्छ । कोही एसइई पास हुन सकेन भने मधेस झरौं त्यहाँ पास भइहाल्छ भन्ने कुरा । तर त्यसको इमेजको कस्ट मधेसले तिरिराखेको छ । त्यो हामीले किन तिर्ने ? किनकी यहीँबाट खटाइएको सिडिओ, एसपी, निरिक्षक सबै अधिकारीहरुले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ । तर यसको दोष हामी मधेसी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सिडिओ, एसपी र अरु अधिकारीहरू हुन्’ उनले भने ।

यस विषयतर्फ सबैको ध्यानाकर्षण गराउँदै उनले यस्ता खालका विषयमा सम्बन्धित सबै गम्भीरतापूर्वक लाग्नुपर्ने बताएका हुन् । परीक्षालाई सही तरिकाले व्यवस्थित गराउन नसक्दा त्यसको सम्पूर्ण दोष समग्र मधेसले तिर्नुपर्ने बाध्यता हुनु गलत भएको बताएका हुन् । उनले भने,’त्यसैले यहाँ सबैको ध्यानाकर्षण गराउन चाहन्छु । मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिइयोस् । आवश्यक विधि, पद्धति र कडाइका साथ परीक्षा गरियोस् । ताकि यसको मूल्य भविष्यमा मधेसले तिर्नु नपरोस् ।’

उनले आगामी दिनमा सम्बन्धित अधिकारीको त्रुटीका कारण त्यसको मूल्य मधेसले नतिर्ने पनि स्पष्ट पारे ।

चैत्र १५ गतेदेखि सुरु भएको एसइई परीक्षा २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार