काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्वास्थ्यका कारण महरालाई छाडिएको जनाएको छ । महरा छोरा निर्मलको जमानीमा छुटेका हुन्।
महराको मुद्धा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले हेरिरहेका छन् । कटुवालको स्वीकृतिमा महरालाई जमानीमा रिहा गरिएको हो । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनमा महरा संलग्न भएको आशंकमा सीआईबीका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेको छन् ।
प्रहरीले गत सोमबार ९ चैत महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याएर सिआइबीले महराको सम्पर्क सुन तस्करका मुख्य नाइके दाओजिन वाङसँग सम्पर्क गरेको देखिएको भन्दै संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेको चार दिनपछि उनलाई हाजिर जमानीमा छाडिएको हो ।