मुख्य समाचार
बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग |

'जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सुरु, बाँकेमा पार्टी प्रवेश गर्नेहरुको लर्को

Youth Today News 1+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

खजुरा । नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गरे संगै पार्टी प्रवेश गर्नेहरुको लर्को लागेको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गरे संगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन सुरु भएको हो । 

बाँकेको बिभिन्न वडाहरुमा पनि अभियान सुरु भएको पहिलो दिनमा नै सैयो युवाहरुले पार्टी प्रवेश गरेको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेले जानकारी दिए । 

यसैगरी अभियानका बाँके इन्चार्ज एवं लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुल प्रसाद केसीको प्रमुख अतिथ्यितामा खजुरा गाउँपालिकाको बिभिन्न वडाहरुमा भएको अभियानको उद्घाटन कार्यक्रमका सुर्खेती टोल सिमलघारीमा १०, सिन्दुरीमा १८, कलनस गाउँमा २३, बढवामा २१, सिमलघारीमा ७, सोनवर्षामा ४ जन गरी ८० जनाले पार्टी प्रवेश गरेको माओवादी केन्द्रका नेता एवं खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक "तुफान" ले जानकारी दिए । 

इन्चार्ज केसीले अभियान तीन चरणमा सञ्चालन बताए । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरणरविस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिने जानकारी दिए ।

दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवा भेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया गरिनेछ । तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धता एवं टोल सभा गरिने इन्चार्ज केसीको भनाइ थियो । 

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा १०० जना भन्दा बढि व्यक्तिहरु पार्टी प्रवेश गरेको गोपाल पुनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार