मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

‘मोहम्मद डे’को अवसरमा बाँकेको नरैनापुर र खजुरा गाँउपालिकामा सार्वजनिक बिदा

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्ती (मोहम्मद डे)को अवसरमा बाँकेको नरैनापुर गाँउपालिकाले भोलि बिहिबार सार्वजनिक बिदा दिएको पालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।
१० अशोज २०८०, बुधवार

नरैनापुर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्ती (मोहम्मद डे)को अवसरमा बाँकेको नरैनापुर गाँउपालिकाले भोलि बिहिबार सार्वजनिक बिदा दिएको पालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।

इस्लामिक महिना रविउलऔवलको १२ तारिकको बिहान हजरत पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्का मदिनामा भएको थियो । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पूर्ण लक्ष्य समाज सुधार र व्यावहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए ।

समाजमा रहेका रुढीवादी सोच, परंपरा, अन्धविश्वास र विकृतिहरूका विरुद्ध उनले संघर्ष गरेका थिए । नेपालसहित विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ धुमधामका साथ मनाउने भएकाले नरैनापुर गाँउपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो ।

यस्तै खजुरा गाँउपालिकाले पनि मोहम्मद डे को अवसरका पालिका भित्र सार्वजानिक बिदा दिएको पालिका अध्यक्ष डम्मर विक तुफानले जानकारी दिए ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले बिहिबार मुस्लिम समुदायलाई मात्र बिदा दिएको भन्दै चौतर्फी रुपमा सरकारको आलोचना भईरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार