बाँके । बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद रजा राई वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसका राजु काँदुलाई पराजित गर्दै राई वडा अध्यक्षमा निर्वाचित भएका हुन् । राईले आफ्ना प्रतिद्वन्दी काँदुलाई ३३४ मतले पराजित गरी निर्वाचित भएका हुन् ।
राईले १ हजार १ सय ७४ मत ल्याउँदा काँदुले ८ सय ४० मत प्राप्त गरेका छन् ।