बाँके । नेपाली कांग्रेसले बाँकेमा आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ ।
सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सुदिपनरसिंह राणाले टिकट पाएका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ (क) मा राजकुमार बर्मा र २ (ख) मा सुरेन्द्र हमाललाई टिकट दिइएको छ ।
यस्तै १ (ख) मा फुलाराम थारु र ३ (ख) मा बादसाह कुर्मीले टिकट पाएका छन् । क्षेत्र नम्बर ३ मा यसअघि नै सहमहामन्त्री किशोरसिंह राठोरले टिकट पाइसकेका थिए ।