मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

जनमत पार्टीले सुरु गर्यो ‘दोस्रो गणतन्त्र अभियान’

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
२८ माघ २०८०, आइतबार

काठमाडौँ । जनमत पार्टीले ‘दोस्रो गणतन्त्र अभियान’ सुरु गरेको छ।

देशमा ‘दोस्रो गणतन्त्र’का लागि आन्दोलन गर्नुपर्ने निश्कर्षसहित जनमत अध्यक्ष सीके राउतले ९ बुँदे आन्दोलनका मागहरू सार्वजनिक गर्दै अभियानमा जुटेका हुन्।

अभियानको शिलशिलामा अध्यक्षराउतसहित अन्य पदाधिकारी आफैँ पर्चा बाड्ँदै हिँडेका छन्।

मागहरूको एक पाने पर्चा बनाएका डा. राउत शनिबार आफ्ना समर्थकहरूसहित राजधानीको इमाडोल क्षेत्रको सडकमा पर्चा बाँडेका थिए।

जनमत पार्टीका अध्यक्ष सीके राउतका स्वकीय सचिव रामनारायण साहका अनुसार आउँदो फागुन १५ गते जनमतले काठमाडौँस्थित भृकुटीमण्डपमा खुलासभा गर्दैछ। जसको तयारीका लागि अहिले नेताहरू जुटेका हुन्। आन्दोलनको तयारीका लागि अहिले अभियान सुरु गरिएको जनमत सचिव बीपी साहको भनाइ छ।

‘आन्दोलनको तयारीको सुरुवात आज अध्यक्ष ज्यू (सीके राउत)सहित हामीले घरदैलो गरेर गरयौं’, सचिव बीपीले भने,‘अहिले काठमाडौँ उपत्यका क्षेत्रमा विभिन्न समूह बनाएर भोलेन्टियर साथीहरु सक्रिय हुनु भएको छ। विधिवत रूपमा आजबाट सुरु भएको छ।’

आफूहरूले राखेको विचार र मागमा जनताको समर्थन बढ्दै गएको नेता साहले दाबी छ।

‘हामीले राखेका प्रस्तावहरू समकालीन अवस्थामा नेपालका लागि नयाँ हुन्,’ उनले थपे,‘देशको संविधानमै समाजवादतर्फ उन्मुख लेखिएपछि दलहरू समाजवादी विचारमै रोकिनु स्वभाविक हो। तर समाजवादले वर्तमान अवस्थामा नेपाललाई विकासित बनाउन सक्दैन, रोजगारी दिन सक्दैन, वैदेशिक पलायन रोक्न सक्दैन। त्यसैले हामीले सामाजिक लोकतन्त्र एवं कल्याणकारी राज्यको अवधारणलाई प्रस्ताव गरेका छौँ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार