मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
८ वैशाख २०८३, मङ्गलबार

बाँके । जानकी गाउँपालिका वडा नं. ५ अन्तर्गत रहेको बेलहारी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरूको लापरवाहीप्रति वडा अध्यक्ष टिकानाथ यादवले कडा असन्तुष्टि जनाउँदै निगरानी बढाएका छन् ।

वडा अध्यक्ष यादवका अनुसार स्वास्थ्यकर्मीहरू समयमा कार्यालय नआउने तथा मनोपरी ढंगले सेवा प्रवाह गर्ने गरेको जनगुनासो बढ्दै गएको छ। सोही गुनासोको आधारमा वडा अध्यक्षसहित कार्यपालिका सदस्यहरूको टोलीले स्वास्थ्य चौकी बेलहारीको अनुगमन गर्दा कार्यालय सहयोगी मात्र उपस्थित रहेको पाइएको थियो ।

अनुगमनपछि आक्रोशित बनेका वडा अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गर्दै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीहरूको यस्तो लापरवाही अस्वीकार्य भएको उल्लेख गरेका छन्। उनले कार्यालय समयभन्दा अगाडि नै उपस्थित भई अनिवार्य हाजिरी गरेर नियमित रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरूलाई कडा निर्देशन दिएका छन् ।

त्यसैगरी, स्वास्थ्य संस्थामा कार्यालय सहयोगीले औषधि वितरण गर्नु नियमविपरीत भएको भन्दै उनले तत्काल नियमानुसार कारबाही गर्न प्रमुख प्रशासकीय अधिकृतसँग माग गरेका छन् ।

स्थानीय तहमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न जिम्मेवार निकायले गम्भीर ध्यान दिनुपर्ने भन्दै वडा अध्यक्ष यादवले आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार