मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
८ वैशाख २०८३, मङ्गलबार

गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा मङ्गलबार बिहान भएको आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने घटनास्थलमा दुई जनाको जलेको अवस्थामा शव फेला परेको छ। प्रहरीका अनुसार विद्युत् सर्ट भएर बिहान करिब २ बजे आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनामा ज्यान गुमाउने व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक प्रभात लिम्बुले जानकारी दिनुभयो। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको उहाँले बताउनुभयो।

घटनास्थलमा दुई जनाको कंकाल फेला परेको छ। परिवारले दिएको जानकारीअनुसार लक्ष्मी खड्का र पवन खड्का हालसम्म सम्पर्कमा नरहेकाले फेला परेको कंकाल उहाँहरुकै हुन सक्ने अनुमान गरिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ। आगलागीबाट लक्ष्मी खड्का र रविनकुमार दासको घर पूर्ण रूपमा ध्वस्त भएको छ। लक्ष्मी खड्काको घरमा पुस्तक पसलको गोदामसमेत रहेकोले ठुलो क्षति भएको अनुमान गरिएको छ।

आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा मधेश प्रदेशअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल ल्याइएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि बिहान ६ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार