नेपालगन्ज - नेपालगन्ज वडा नम्बर १७ मा जसपा को घरदैलो कार्यक्रममा बालबालिकाको प्रयोग गरिएको छ ।
निर्वाचन आयोगले र्याली तथा प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन दिए पनी युवा बृद्वहरुलाई र्यालीमा सहभागी गराउन नसकेपछी वडा नम्बर १७ मा जसपाको वडा अध्यक्ष पदका उम्मेदवार मोहन लाल द्विवेदी, सदस्य जवाहिर लाल कलवार,मन्सुर दर्जी, महिला सदस्य खुस्बु श्रीवास्व, दलित महिला सदस्य,सावित्री सोनखर सहितको टोलीले घरदैलो कार्यक्रममा बालबालिकाको प्रयोग गरे पनि निर्वाचन आयोगले कारबाही गर्न नसक्दा जिल्लामा आचारसंहिता उल्लघंन हुने क्रम बढ्दै गएको छ ।