मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
बाँकेको नरैनापुर गाउँपालिकामा असल छिमेकी सामुदायिक हस्पिटलको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा एक दिने निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
२० फाल्गुन २०७९, शनिबार

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा असल छिमेकी सामुदायिक हस्पिटलको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा एक दिने निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।

उक्त शिविरबाट तिन सय भन्दा बढी नागरिक लाभान्वित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा सम्पन्न शिविरमा ३०० जनाको नाक, कान घाँटीको उपचार, २०० जनाको सामान्य चेकजाँच गरि औषधी बितरण गरिएको थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको स्वास्थ्य परिक्षण गर्दै शिविरको उद्घाटन गरिएको थियो ।

अध्यक्ष शाहले नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार पालिकामा काम भइरहेको बताउनु भयो । उहाँले जनताको सबैभन्दा महत्वपूर्ण र पहिलो आवश्यकता सहजरुपमा स्वास्थ्योपचार गर्न पाउनु रहेकोले पालिकाबाट प्रदान हुदै आएको स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउदै लैजाने जिकिर गर्नु भयो । अध्यक्ष शाहले नरैनापुरमा आयोजना भएको निःशुल्क शिविरबाट फाईदा लिन आग्रह गर्नु भएको थियो ।

असल छिमेकी सामुदायिक हस्पिटलका संचालक सदस्य डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको शिविरको उदघाटन नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले गर्नु भएको थियो भने कार्यक्रममा वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, नाक,कान,घाटीका बिशेषज्ञ डाक्टर प्रकाश बस्याल लगायतको सहभागिता रहेको कार्यक्रममा लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सूर्य प्रकाश शाहले गर्नु भएको थियो । कार्यक्रमको संचालन पत्रकार गजेन्द्र गुरुङ्गले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार