मुख्य समाचार
बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग |

टीकापुर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

यूथ टुडे समाचारदाता 3335+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीविरुद्ध बिहीवार अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

भ्रष्टाचार आरोप लाग्नेमा नापी र मालपोत अधिकृतसहित ६ जना कर्मचारी छन् । उनीहरूमाथि पदाधिकारीसँगको मिलेमतोमा नक्कली रसिद बनाइ विकास समितिका प्लट घडेरी आफन्तको नाममा सारेको आरोप लगाइएको छ । तत्कालीन नापी अधिकृत मानबहादुर चन्दविरुद्ध एक करोड ९० लाख ३२ हजार १३६ रुपैयाँ जरिवाना र कैद माग गरिएको छ । 

यस्तै तत्कालीन नापी अधिकृत गणेशबहादुर बमविरुद्ध ४२ लाख ३४ हजार ९०५ रुपैया जरिवाना र कैद सजाय माग गरिएको छ । तत्कालीन मालपोत कार्यालय यसैगरी कैलालीका तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्टविरुद्ध एक करोड ६८ लाख ३५ हजार ५८८ रुपैयाँ र जतिवाना माग गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ । 

विकास समितिका तत्कालीन खरिदार धनीराम भण्डारीविरुद्ध एक करोड ८६ लाख ५४ हजार ४५३ रुपैयाँ जरिवाना र कैद मागदाबी गरिएको छ । सब–ओभरसियर नेत्रबहादुर रावलसँग एक करोड ७९ लाख १२ हजार ४८१ रुपैयाँ जरिवाना र कैद मागदाबी गरिएको छ । 

यसैगरी फिल्ड सुपरभाइजर देवीलाल घिमिरेलाई २१ लाख ११ हजार १५९ रुपैयाँ जरिवाना र मागदाबी गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार