मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

खजुरामा ४२ औँ योग केन्द्र स्थापना

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

बाँके । नेपालगञ्जस्थित केन्द्रिय कार्यालय रहेको योग समिति नेपालले खजुरा गाउँपालिका,वडा न .१ स्थित तिर्खा आधारभुत बिधालय मा ४२ औं योग केन्द्रको उद्घाटन गरिएको छ । 

४२ औ योग केन्द्रको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बि कले गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष डम्बरबहादुर बि कले योग समिति नेपालसंग सधैं हातेमालो गर्दै समितिको लक्ष्य पालिकाको नागरिक स्वस्थ बनाउने अभियान, योग समिति नेपाललाई साथमा लिएर जाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

बाँके जिल्लाका सहायक प्रमुख अधिकारी उमाकान्त अधिकारीले नागरिकलाई शारिरीक र मानसिक रुपमा स्वस्थ्य रहन योगको महत्व रहेको भन्दै योग समिति नेपालको अभियानको शुभकामना दिनुभयो । कार्यक्रममा योग समिति नेपालका सह–सचिव टंक पौडेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दोण बहादुर थापाले गर्नु भएको थियो भने कार्यक्रमको मूल उद्देश्य योग प्रशिक्षक उषा वाग्लेले प्रकाश पाुर्नभयो । 

कार्यक्रममा योग गुरु आयुर्वेदाचार्य गिरिराजजीले उर्जाशील प्रवचनसहित योगासन, सुष्म क्रिया, प्राणायाम र ध्यानको माध्यमबाट उपस्थित सम्पूर्णलाई प्रेरित गर्नुभयो । कार्यक्रममा बाल योगि कलाकार गिरिस्मा शर्मा र निरिक्षा शर्मा को देश भक्ति योग भक्ति नृत्यले सबैलाई आकर्षण गर्नु भएको थियो ।

उक्त उद्घाटन कार्यक्रममा योग समिति नेपालका अध्यक्ष योग गुरु गिरीराज, उपाध्यक्ष निर्मला शाह, कोषाध्यक्ष अम्बिका कोइराला, सह–कोषाध्यक्ष मन्दरा शर्मा,सल्लाहकार जगदीशचन्द्र तिमिल्सिना, सह–सचिव टंक पौडेल, सदस्यहरु प्रमोद कुमार अग्रवाल प्रेम केसि दिपक थापा, सबिता शर्मा , बसन्त गौतमका साथै प्रशिक्षकहरु घनश्याम शर्मा, चक्र बहादुर देबकोटा, राम चन्द्र बि सि, केन्द्रिय प्रतिनिधिहरू महेश ज्ञवाली, मोती राम ओलि, उषा नेपाल , रामचन्द्र तिवारी, शर्मिला पौडेल, आशिष ज्ञवाली, गोबिन्द रावत, पिताम्बर मरासिनी, ताराप्रसाद अधिकारी दिनेश, बिनोद शर्मा, नारायणदत्त पोखरेल, नरेश झा, धना रिजाल नहकुल थापा सहित वरिष्ठ सदस्यहरूको सशक्त नेतृत्व रहेको थियो।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि पुष्पा ज्ञवाली, पुष्पा थापा, अनिता कुमारी श्रेष्ठ, मैया तिवारी जीवनारायण बेल्बासे, द्रोपदा ढकाल,राम श्रेष्ठ,सुमन खत्री, लक्ष्मण भट्टराई, मिना चन्द, पार्वती ज्ञवाली, प्रदीप ज्ञवाली जानुका भण्डारी ,गिता थापा लगायतका थुप्रै केन्द्रिय प्रतिनिधिहरू ३१, ३५, र ३७ औ योग केन्द्रका योगि आत्माहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमको अन्त्यमा उषा वाग्ले नेपाल प्रमुख संयोजकत्वमा ४२ औं योग केन्द्र व्यवस्थापन समितिको गठन गरिएको थियो । जसको संयोजकमा दिपा पुन, सह–संयोग राम कुमार रैदास सदस्यहरू राम कुमार मगर, थिर बहादुर थापा, लक्ष्मी थापा, पुर्ण गुरुङ, श्याम थापा, हरि बहादुर थापा, बिना राना मगर, जगत बहादुर राना रहेका छन् ।

सल्लाहकारहरुमा सिता शर्मा, चन्दृका प्रसाद गुप्ता (जानकि वडा न.२ का अध्यक्ष) दोण बहादुर थापा रहेको जनाईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार