मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

नेपालगञ्ज ४ मा वडा अध्यक्ष शाहिको जित पक्का

महमूद आलम खान 1133+ समाचार ( )
स्थानीय भन्छन्, कोरोना संक्रमणमा इन्दिराले जनताको सेवा गरेकोले अब नेतृत्व पनि उहाँले नै गर्नु पर्छ
१३ वैशाख २०७९, मङ्गलबार

बाँके । स्थानीय तहको निर्वाचनका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को अध्यक्षमा राप्रपाबाट इन्दिरा शाहीले मनोनयन दर्ता गरि घरदैलो अभियानमा सक्रिय भएर लाग्नु भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ कि अध्यक्ष इन्दिरा शाहीले महिलाहरुको उत्थानका लागि आफ्नो उम्मेदवारी भएको बताउनु भयो । उहाँ केही वर्षदेखि राजनीतिमा सक्रिय रहनु भएको छ । आफू निर्वाचित भएमा विकास निर्माण साथै पिछडिएका महिला दिदी बहिनीको स्तर उकास्ने कामलाई प्राथमिकता दिने बताउनु भयो ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ को महिला सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ निर्वाचित भए पछि जनताको घरदैलोमा गएर सेवा प्रदान गर्नु भयो । 

वडा सदस्यबाट कार्यपालिका सदस्य भएर वडाको बिकास निर्माणमा अव्हरात्र खटदै जनताको सेवा गर्न कुनै कन्जुस्याइँ नगरि आगाडि बढ्नु भयो । उहाले कोरोनाको समयमा कोरोना संक्रमितका लागि बडाले संचालन गरेको आइसोलेसनमा संक्रमितहरुको सेवा गर्दागर्दै आफै कोरोना  संक्रमित हुन पुग्नु भएको थियो ‌‌। 

महिलाले नेतृत्व गर्न सक्दैन भन्ने भनाईलाई चिर्दै एउटा सफल नेतृत्व कर्ता को पहिचान बनाउनु भएको इन्दिरा शाही वडा नं ४ को जनताको मनमनमा बस्न सफल हुनुभएको छ । स्थानीय भन्छन्, इन्दिरा बाहेक अरुको बिकल्प छैन । उहाँले कष्टपूर्ण समयमा समेत निस्वार्थ भावले सेवा गरेले जनताले इन्दिरालाई निर्वाचित गराउने बताउनु भयो । 

यता वडा अध्यक्ष कि उम्मेदवारी शाहि आफु निर्वाचित भए वडामा बाँकी रहेको काम पुरा गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार