मुख्य समाचार
थप १९ चिकित्सकको लाइसेन्स खारेज | नरैनापुरमा अतिक्रमणविरुद्ध ‘एक्सन मोड’ : ७ दिनको अल्टिमेटम, नहटाए डोजर चल्ने | बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे |

बाँके क्षेत्र नं २ को ख मा जनलहर माओवादीको पक्षमा, वृद्धवृद्धाहरुको आर्शिवाद बमलाई

यूथ टुडे समाचारदाता 3337+ समाचार ( )
युवायुवतीदेखि वृद्धवृद्धासम्मले बाँके क्षेत्र नं २ ख मा बमलाई बहुमतले विजयी गराउने वचन दिएको माओवादी केन्द्र नेपालगञ्ज नगर समिति संयोजक रतन शाहीले बताएका छन् ।
१३ कार्तिक २०७९, आइतबार

बाँके  । बाँके क्षेत्र नं २ को ख बाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका अकल बहादुर बम घरदैलो कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाएका छन् । जनताको घरदैलोमै पुगेर उनले आफ्नो पक्षमा भोट मागिरहेका छन् । लोकतन्त्र र सम्बृद्ध नेपालको लागि माओवादी केन्द्रलाई भोट दिन आग्रह गरिरहेका बमलाई मतदाताहरुबाट पनि निकै राम्रो प्रतिक्रिया मिलेको छ ।

जनताले माओवादीको सिद्धान्त नै देशको लागि उपयोगी भएको तर्क गरेका छन् ।  युवायुवतीदेखि वृद्धवृद्धासम्मले बाँके क्षेत्र नं २ ख मा बमलाई बहुमतले विजयी गराउने वचन दिएको माओवादी केन्द्र नेपालगञ्ज नगर समिति संयोजक रतन शाहीले बताएका छन् । उनले भने ‘जनलहर माओवादी केन्द्रको पक्षमा देखिएको छ ।’

माओवादी केन्द्रका नगर संयोजक शाहीले भने बाँके क्षेत्र नं २(ख) अन्तर्गत नेपालगञ्ज ७ मा आइतबार घरदैलो गरेका थियों। निर्वाचन परिचालन समितिका संयोजक नबिन शर्मा लगायतका नेताहरुको सहभागितामा सोही वडामा स्थापना गरिएको प्रचार कार्यालय पनि आइतबार नै उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य उम्मेदबार अकल बहादुर बमले यसपटक विजयी गराई गुन लगाउन आग्रह गरे। जितेपछि जनचाहाना अनुसार काम गर्छु उनले भने – ‘जनताले लगाएको गुन विर्सन्न।’

माओवादी केन्द्रका नगर संयोजक शाहीले स्थानीय आवश्यकतालाई प्राथमिकता दिने उल्लेख गरे । उनले माओवादी जनताको सेवामा समर्पित रहेरसदैव अघि बढ्ने उल्लेख गरे। प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवार कालि मियाँ पनि घरदैलोमा सहभागी छन् ।

समानुपातिक उम्मेदवार कालि मियाँले भने–‘जनताले यस क्षेत्रमा नयाँ अनुहार खोजेका छन् । जनता यस अगाडिका निर्वाचित प्रतिनीधिबाट सन्तुष्ट छैनन्।’ घरदैलोको क्रममा उनीहरुलाई वृद्धवृद्धाहरुले जीतको आर्शिवाद समेत दिएका थिए । उनले पार्टीका विभिन्न भातृ संगठनहरुसँग व्यक्तिगत रुपमा आफ्नो लागि माहौल बनाउन आग्रह गरे । उनले आफ्नो क्षेत्रमा विशेष हिसाबले प्रचारलाई तीव्रता दिईरहेको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार