मुख्य समाचार
थप १९ चिकित्सकको लाइसेन्स खारेज | नरैनापुरमा अतिक्रमणविरुद्ध ‘एक्सन मोड’ : ७ दिनको अल्टिमेटम, नहटाए डोजर चल्ने | बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे |

नरैनापुरमा अतिक्रमणविरुद्ध ‘एक्सन मोड’ : ७ दिनको अल्टिमेटम, नहटाए डोजर चल्ने

यूथ टुडे समाचारदाता 3337+ समाचार ( )
१८ वैशाख २०८३, शुक्रबार

बाँके । देशभर सरकारी तथा सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण हटाउने अभियान तीव्र बन्दै गएको सन्दर्भमा नरैनापुर गाउँपालिकाले पनि अतिक्रमणविरुद्ध कडा र निर्णायक अभियान सुरु गरेको छ।

गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जारी गरेको सूचनामा अतिक्रमण गरेर बसोबास वा संरचना निर्माण गरेका व्यक्तिहरूलाई ७ दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न स्पष्ट निर्देशन दिइएको छ। तोकिएको समयसीमा भित्र अतिक्रमण नहटाए गाउँपालिकाले आफैं डोजर प्रयोग गरेर संरचना हटाउने चेतावनी दिएको छ ।

अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलसँग समन्वय गरी संयुक्त रूपमा अतिक्रमण हटाउने तयारी गरेको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार सार्वजनिक जग्गा संरक्षणसम्बन्धी परिपत्र कार्यान्वयनमा आइसकेको छ। ‘सरकारको एक सय कार्यसूची’ अन्तर्गत अतिक्रमण नियन्त्रण, संरक्षण तथा नयाँ अतिक्रमण रोक्न कडाइ गर्ने नीति अनुरूप अभियान अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयवासीका अनुसार करिब दुई दशकअघि तत्कालीन शाही शासनकालमा सेनामार्फत अतिक्रमण हटाउने प्रयास भए पनि त्यसपछि विभिन्न शक्ति केन्द्रको संरक्षणमा पुनः अतिक्रमण फैलिएको गुनासो रहँदै आएको छ।

नेकपा एमाले नरैनापुरका सचिव बिनय दिक्षितले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अतिक्रमित क्षेत्रको यथार्थ विवरण तयार गरी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो। हुलाकी सडक आसपासका क्षेत्रमा अतिक्रमणका कारण आवागमनसमेत प्रभावित भएको उल्लेख गर्दै उहाँले अभियान सफल बनाउन पार्टीको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दिक्षितले गत वर्ष पनि अतिक्रमण हटाउने निर्णय कार्यान्वयन हुन नसकेको स्मरण गराउँदै यसपटक भने परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

देशव्यापी अभियानसँगै नरैनापुर गाउँपालिकाको यो कदमले स्थानीय तहमा सार्वजनिक सम्पत्ति संरक्षणको स्पष्ट सन्देश दिएको छ। स्थानीयवासीले यस अभियानले दीर्घकालीन रूपमा सुव्यवस्थित बसोबास र पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार