बाँके । भौतिक पूर्वधार तथा यातायात मन्त्रीमा नियुक्ति पछि पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री मोहम्मद इश्तियाक राईलाई नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह लगायतले गृह जिल्लामा फुलमाला तथा खादा ओडाएर भब्य स्वागत गर्नु भएको थियो ।
मन्त्री राईलाई स्वागत गर्न नरैनापुर गाँउपालिका अध्यक्ष शाह संगै बाँकेका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख, नेपालगंज उपमहानगरपालिकाका मेयर लगायत समर्थकहरु नेपालगंज बिमान स्थलमा पुगेका थिए ।
मन्त्री राईलाई स्वागत गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष शाहले नरैनापुरको शिक्षा, स्वास्थ्य, खाने पानी र भौतिक पूर्वधार निमार्णका लागि बजेटको व्यवस्था गरी दिन आग्रह गर्दै सफल कार्यकालका लागि शुभ कामना दिनु भएको थियो ।
स्वागत तथा बधाई कार्यक्रममा संक्षिप्त भनाई राख्दै मन्त्री राईले जनताले सुम्पिएको समृद्धि र विकासको गहन जिम्मेवारीलाई पुरा गरेरै छाड्ने बताउदै नरैनापुरलाई आफनो कार्यकालमा नै विकास गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।