मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

प्रधानमन्त्री प्रचण्डको एनसेल खरिद बिक्रिमा संलग्नता छैन -महासचिव गुरुङ

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार

नेपालगन्ज । ‘बिधिले त्यस्तो देखाउदैन, लगानी कर्ताहरुको बिचमा सेयर खरिद बिक्रि उनीहरुको बिचको कुरा भयो, कतिमा लिन्छन् र कतिमा दिन्छन् । उनीहरुको बिचमा घोटालाबाजी के के हुन्छन् ? त्यो उनीहरुको कुरा भयो । बिधिले कहाँ जोडिन्छ त भने कम्पनी रजिस्टारसँग जोडिन्छ । अदालको आदेशमा त्यसले अहिले खरिद बिक्री नगर भनेर रोकेको छ ।’ नेकपा माओबादी केन्द्रका महासचिब देव गुरुङले बताउनु भयो । सुक्रबार माओबादी केन्द्र बाँकेको नेपालगन्जमा आयोजना गरिएको नेता कार्यकर्ता भेलामा महासचिब गुरुङले सो कुरा बताउनु भएको हो । 

पछिल्लो समयमा देशैभर एनसिलको बारेमा माओबादी अध्यक्ष तथा प्रधानमन्त्रिी प्रचण्डलाई लागेको आरोपको खण्डन गर्दै महासचिब गुरुलेङले जोड दिनु भयो, ‘एउटा अनुगमन गर्नको लागि एनटिसीको सन् २०५३ सालको ऐन आकर्षित हुन्छ । त्यो एन अनुसार एनसेल छिरेकै छैन, प्रस्ताव ल्याएर आउभन्दा पनि ल्याएको छैन । त्यसकारणले गर्दाखेरी राज्यका अंगहरु संलग्न भएको छैनन् । प्रधानमन्त्री प्रचण्ड त्यसमा संलग्न हुनुहुन्न । यसमा ढुक्क हुनु होस् ।’ त्यस्तो कुनै कुरा भएको रहेछ भने छानबिनका क्रममा बाहिर आइहल्छ नि महासचिब गुरुङले बताउनु भयो । 

उहाँले जनतासँग माओवादी रुपान्तरण अभियानले जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न सफल भएको जनाउँदै त्यसबाट कार्यकर्तामा पनि नयाँ जोश र जाँगर उत्पन्न भएको बताउनुभयो ।यो अभियानले पूर्वदेखि पश्चिमसम्म माओवादी पार्टीलाई शसक्त र बलियो बनाउन सफल भएको जनाउँदै उहाँले अधिकांश जनता र कार्यकर्ताको माग कम्युनिष्ट पार्टी एकता भइ शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्ने रहेको कुरामा जोड दिनुभयो । 

उहाँले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको अभियान अगाडि बढिसकेको बताउदै प्रचण्डलाई सबै कम्युनिस्टले स्विकार गरिसकेको पनि बताउन छोड्नु भएन । महासचिव गुरुङले भन्नुभयो, ‘पार्टी जनतासँग जाडिनु पर्छ, जनता र पार्टीको बिचमा माछा र पानीको जस्तो सम्बन्ध हुनुपर्छ । नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्छ ।’ 

उहाँले माओवादी केन्द्रका अध्यक्षको नेतृत्वको सरकारले यस पटक गरेका धेरै राम्रा कामबाट प्रतिगामीहरु अत्तालिएको बताउनुभयो । वर्तमान गठबन्धन सरकारले जनताको हितमा निरन्तर काम गरिरहेकाले गठबन्धन झन बलियो हुँदैगएको महासचिव गुरुङको भनाइ छ । सो अवसरमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलबहादुर केसीले रुपान्तरण अभियानको समिक्षात्मक धारणा राख्नुभयो । बाँकेका पाँच वटा पालिकाका पार्टी अध्यक्षले रुपान्तरण अभियानको रिपोर्टिङ गर्नुभएको थियो । 

कार्यक्रममा बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) जनप्रतिनिधिको तर्फबाट नेपालगञ्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, मुस्लिमको तर्फबाट कश्मिरा खातुन, महिलाको तर्फबाट मन्जु रोकाया, व्यवसायीको तर्फबाट बसन्त लामिछाने र मधेशीको तर्फबाट रक्षाराम बर्माले आफ्नो भनाइ राख्नुभएको थियो भने कार्यक्रम संचालन नेपालगन्ज उपमहानगरपालिका माओबादी अध्यक्ष रतनबहादुर शाहीले गर्नुभएको थिायो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार