मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेका कार्यसमितिद्धारा पदभार ग्रहण

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
शनिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको प्रमुख अतिथित्तामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार मञ्च नेपालका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद घिमिरेले कार्यसमितिलाई पदभार ग्रहण गराएका हुन् ।
२६ कार्तिक २०७९, शनिबार

कोहलपुर । बाँकेमा राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेका कार्यसमितिहरुद्धारा पदभार ग्रहण गरेका छन् । शनिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको प्रमुख अतिथित्तामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार मञ्च नेपालका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद घिमिरेले कार्यसमितिलाई पदभार ग्रहण गराएका हुन् । 

राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेको कार्र्तिक १७ गते बसेको भेलाले राम बहादुर मल्लको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको थियो भने संस्थापक सदस्य र साधारण सदस्य गरी १८ जना रहेका छन् । कार्यसमितिको उपाध्यक्षमा अञ्जना पाण्डे, सचिवमा एकराज शर्मा, सह—सचिवमा राजन कँडेल र कोषाध्यक्षमा शिवध्वज शाही छन् । 

यस्तै सदस्यहरुमा धर्मराज सुनार, विरेन्द्र यादव, पतिराम थारु, सुनिता कुमारी सिंह, डा.शिशिर रेग्मी, नन्दा घिमिरे, मान बहादुर शाही र डा. राजेश केसी छन् । 

यस्तै संस्थापक सदस्यद्धय डिल्ली शाही, बाल कुमार शर्मा र साधारण सदस्यहरुमा भगवती पोख्रेल, किशोर भण्डारी र गोकर्ण बहादुर शाही छन् । 

यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले सम्पूर्ण व्यक्तिहरुसंग सरोकार राख्ने विषय भएकोले कानून अनुसार काम कारवाहीहरु पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिएका थिए । खत्रीका अनुसार संयुक्त राष्ट्र संघको मानव अधिकार संस्था सो संस्थाद्धारा विश्वभरी नै मानव अधिकारहरु प्रबर्धन गर्नुपर्छ भन्ने मुल उद्देश्यका साथ अगाडि बढेको संस्था हो । ‘जन्मसिध र प्राकृतिक अधिकार हुन्छन’ उनले भने, ‘सोही अधिकार प्राप्त गर्न मानव अधिकारकर्मीहरुले काम गर्छन ।’ त्यसकारण कसैको दवाव, प्रलोेभन नपरी समाजमा रहेको हरेक मानव अधिकारका पक्षमा बोल्ने छ भन्दै प्रमुख जिल्ला अधिकारी खत्रीले पदभार ग्रहण गरेका कार्यसमिति तथा संस्थापक सदस्य र साधारण सदस्यहरुलाई कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

यस्तै पदभार ग्रहण गर्दै राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेका अध्यक्ष राम बहादुर मल्लले मानव अधिकारका पक्षमा वकालत गर्नेमा जोड दिएका थिए । ‘राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँके कसैको दवाव, प्रलोेभन पर्नेछैन’ ‘नेपालको संविधानमा उल्लेख भएबमोजिम हरेक नागरिकले पाएको अधिकारलाई शुनिश्चिताका लागि काम गर्नेछौं’ उनले भने ।

यस्तै कार्यक्रममा राष्ट्रिय मानव अधिकार मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष गोपाल प्रसाद घिमिरे, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख द्धारीका अधिकारी, राष्ट्रिय मानव अधिकार मञ्च नेपाल केन्द्रिय सचिव के.वि. बस्नेत, राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेका संयोजक जी.वि. घिमिरे, नेपाली काँग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेल, प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी लगायत बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय मानव अधिकार मञ्च नेपाल सचिव एकराज शर्माले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार