मुख्य समाचार
“आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम | नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह | बालबालिकाको सर्वाङ्गीण विकासका लागि जानकीमा शिक्षक क्षमता अभिवृद्धि तालिम | योग समितिमा पुनः डा भट्टराई निर्वाचित | अस्पतालमा रगत संकट बढ्दै, जानकी–५ ले गर्‍यो आकस्मिक रक्तदान | “स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान |

महिलाको राेजगारीमा लैंगिकताले पारेको प्रभाव बारे छलफल

यूथ टुडे समाचारदाता 3391+ समाचार ( )
संवाद कार्यक्रममा सेवा प्रदायक र सेवाग्राहीबीच लैंगिक समानता र त्यसको रोजगारी सिर्जनामा पर्ने प्रभाव सम्बन्धी बिस्तृत रुपमा छलफल गरिएको थियो ।
२७ मंगशिर २०७९, मङ्गलबार

नेपालगञ्ज । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा महिलाहरुलाई रोजगारका अवसरका लागि लैंगिकताले पारेको प्रभाव, अवरोध तथा अवसर को विषयमा सरोकारवाला निकायविच संवाद कार्यक्रम सम्पन्न गरेको छ । 

क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रम ठाकुरबाबा नगरपालिकाका उपमेयर बिना भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । 

सो संवाद कार्यक्रममा सेवा प्रदायक र सेवाग्राहीबीच लैंगिक समानता र त्यसको रोजगारी सिर्जनामा पर्ने प्रभाव सम्बन्धी बिस्तृत रुपमा छलफल गरिएको थियो । 

सो कार्यक्रममा उद्योग वाणिज्य संघ भुरिगाउँका अध्यक्ष गोविन्द आचार्य, नगरपालिकाका शिक्षा शाखा प्रमुख सिता भट्टराई, रोजगार शाखाका संयोजक रविन्द्र अर्याल, इको टुरिजमका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, रेडियो टाइगरका अन्जु चौधरी, होटल अर्गनाइजेशन भुरिगाउँका अध्यक्ष गोपाल निरौला, नारी शिल्प शक्ति केन्द्रका अध्यक्ष मेनका पोखरेल लगायतको सहभागिता रहेको थियो । 

लैङ्गिक समानता र त्यसको रोजगारीमा पार्ने प्रभाव र लैङ्गिक समानतालाई प्राथमिकतामा राखेर रोजगारीका अवसरलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा छलफल गरेर निष्कर्शमा पुग्न सो संवाद र अभिमुखिकरणको आयोजना गरिएको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।

उहाँले महिलाहरुको दिर्घकालिन आर्थिक शसक्तिकरणका लागि सो संवाद निकै लाभदायी हुने विश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण बसन्त बिसीले गर्नुभएको थियो भने व्यवस्थापन क्लबका फिल्ड सुपरभाइजर कन्चन दहितले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार