मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

नेपालगन्ज महोत्सवमा माया पानको पातमा झुमे दर्शक

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
५ माघ २०८२, आइतबार

नेपालगन्ज । नेपालगन्जमा जारी महोत्सवमा आज चर्चित गायक खुमन अधिकारी र गायीका इसबल सन्ज्यालको लाइभ लोकदोहीरीमा दर्शक रमाएका थिए । गायक खुमन अधिकारीले मायालुले भिर्ने झोला मैले भिर्न मिल्ला कि न मिल्ला गितको बोलबाट सुरुवात गरेका गायक अधिकारीले हाना हान दोहरीमा दम छ, यो मान्छे चिन्छौं, हात समाइ हिड, छोरा मान्छे भएपछि एउटा दुईटा लभ त पर्छ, माया पानको पात लगायतका दर्जन बढि गित प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । माया पानको पातमा लाइभ दोहीरी प्रस्तुत गर्दा दर्शक झनै रमाएर साथ दिएका थिए । यस्तै गायीका इसबल सन्ज्यालले पनि आफ्नो एकपछि एक हिट गाना प्रस्तुत गरेर दर्शकलाई नचाएका थिए । गायीका सन्ज्यालले धान रोप्ने हुन, चल गोविन्द, झुम्के बुलाकी, मोहनी लायो झुम्के बुलाकीले मोहनी लगायो, तिमी कता हराउने म कता हराउने, सानी मान्छे, कल धाराको पानी, हातमा लायो शुन्य, बैमानीले ढाट्यो, यति माया लगायत दर्जन बढि गित प्रस्तुत गर्दा दर्शक झुमी झुमी नाचेका थिए । सन्ज्यालले गित प्रस्तुत गर्दा दर्शक रमाएका थिए । यस्तै मोडेल निशा गिरीले आफ्नो प्रस्तुती प्रस्तुत गर्दा दर्शक भरपुर मनोरञ्जन प्रदान गरेका थिए । मोडेल गिरीले हट गितमा डान्स गर्दा हुटिङका हुटिङ आएको थियो । यस्तै एमसी रिन्जाले पनि ¥याप गित प्रस्तुत गर्नुभएको थियो । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको छ । 

पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो । 

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक, गायीका शान्ति श्री परियार, गायक टक तिमिल्सेना, प्रिति आले, बद्रि पंगेनी लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले बताउनुभयो । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन हुने छ जसको लागि निशुल्क फारम भर्ने व्यवस्था सांस्कृतिक संयोजक मिना डाँगीले जानकारी गराउनुभयो । यस्तै भोली सोमवार नेपालगन्ज महोत्सवमा चर्चित गायक टंक तिमिल्सेना, गायीका शान्ति श्री परियार, मोडेल निशा गिरीको बेजोड प्रस्तुती रहने सास्कृतिक संयोजक डाँगीले जानकारी गराउनु भएको छ । महोत्सवको सोमवार उद्घोषकद्वय तिलक गाउँले र आरजे रास्कोटीले गर्नुहुने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार