बाँके । बाँकेको बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ । डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा आइतबार अपरान्ह साढे ३ बजेतिर भे१ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको हो ।
स्थानीयका अनुसार दुबै जना बेतहनीको नौरीगढी एकेडेमीमा एल.के.जी.मा अध्ययनरत थिए । स्कुलबाट फर्किदै गर्दा बेतहनी चोकमा ट्यांकरले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट सुरुमा सडकमा लडेर चिच्याउँँदै गर्दा पछि ट्यांकरले किचेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन ।
प्रहरीका अनुसार दुबै जना अन्दाजी ९/१० वर्षका सहोदर दाजु भाई हुन । घटनापछि स्थानीय बासिन्दाले ट्यांकरमा आगजनी गरिदिएका छन । घटनास्थल तनावग्रस्त बनेको छ । प्रहरी र स्थानीय बासिन्दाबीच झडप भईरहेको छ ।