मुख्य समाचार
जात र धर्मको राजनिति छोडेर एमालेको एजेण्डमा लाग्न कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशन | न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री | नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ | संघीय संसद्का दुवै सदनको बैठक स्थगित | न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पुन: खड्का | मुस्लिम युवाहरुले गरे बाँकेका हज यात्रीहरुको बिदाई | जसपामा सनाखत गरेकाहरुको पद धरापमा | बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ | क्षेत्रीय सभापति केसीको घरमा कांग्रेसको श्रद्धाञ्जली सभा | बाँकेमा १२ करोडको लगानीमा अत्याधुनिक कागज उद्योग संचालनमा |

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

यूथ टुडे समाचारदाता 1965+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

काठमाडौँ । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । 

आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने जानकारी दिनुभयो । 

उहाँले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो । 

सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ । 

“नियमित रुपमा ती बालबालिकालाई लगाइने पोलियोविरुद्धको खोप गाभीले त्यतिबेला उपलब्ध गराउन सकेको थिएन”, उहाँले भन्नुभयो, “अहिले फेरि खोप उपलब्ध गराएपछि लगाउने तयारी गरिएको हो ।”

नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । 

दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ ।  सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार