बाँके । १६ घर सखाप हुने गरि भएको नरैनापुर ४ का आगलागी पीडित घर परिवारलाई नरैनापुर गाउँपालिकाको अगुवाईमा खाद्य तथा गैह् खाद्य सामग्रीसहितको राहत वितरण गरिएको छ ।
आगलागी पीडितलाई हिजो नै बस्ने व्यवस्था मिलाएको थियो भने आगलागी पीडितलाई नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले राहत सामग्री वितरण गर्नु भएको थियो ।
घर जलेर सखाप भएकाहरुलाई वडा नं ४ का अध्यक्ष प्रसाद शर्मा र वडा नं २ का अध्यक्ष मसुद अहमद शाहको रोहबरमा खाद्य तथा गैह्र खाद्य सामग्री वितरण गरिएको गाउँपालिकाका लेखा अधिकृत प्रकाश अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार पिडितहरुलाई चामल, दाल, आलु, नुन, त्रिपाल, डेक्ची, चाउचाउ, प्याज, बाल्टी, जग, चिउरा, झुल, दालमोट, डाडु पन्यो, थाल लगायतको सामाग्री हस्तान्तरण गरिएको छ ।