मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने प्रेस सेन्टरको चेतावनी

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सबै प्रदेश र जिल्ला शाखाहरुलाई जारी गरेको सदस्यता शुद्धिकरण अभियानलाई पुर्णतः साथ दिन आफ्नो एक्यवद्धता रहेको सेन्टरको ज्ञापनपत्रमा उल्लेख गरिएको छ
४ जेठ २०८०, बिहीबार

बाँके । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले आफ्ना माग सुनुवाइ नभए चरणबद्ध रुपमा आन्दोलनमा उत्रने भन्दै नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सबै प्रदेश र जिल्ला शाखाहरुलाई जारी गरेको सदस्यता शुद्धिकरण अभियानलाई पुर्णतः साथ दिन आफ्नो एक्यवद्धता रहेको सेन्टरको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ‘नेपाल पत्रकार महासंघले स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्ने, नवीकरणका क्रममा क्रियाशीलताको आधार खोज्ने लगायतको अभियानको कार्यतालिका सार्वजनिक गरेको अवस्थामा नेपाल पत्रकार महासंघ बाँके शाखाले हालसम्म कुनैपनि प्रक्रिया सुरु नगरेको प्रति हाम्रो संगठनको घोर आपत्ति छ । अविलम्ब शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको प्रक्रिया सुरु गर्न जोडदार माग गर्दछ ।’ ज्ञापनपत्रमा छ ।  

प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेस आचार्यद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा अगाडी भनिएको छ, ‘केन्द्रले सुरु गरेको शुद्धिकरण अभियानदेखि आत्तिएका केही संगठनहरुले केही सदस्य संख्याको बखेडा झिकेर महासंघ केन्द्रको मूल उद्देश्य र स्प्रीडभन्दा बाहिर जान गरिएको प्रयास र प्रचारप्रति आपत्ति जनाउदै केन्द्र र प्रदेशले सुरु गरेको अभियान अनुसार अगाडी बढ्न र नेपाल पत्रकार महासंघको विधान अनुसार संस्थागत तरिकाले शाखाको काम कारवाहीलाई अगाडी बढाउन आग्रह गर्दछ । नेपाल पत्रकार महासंघ केन्द्रले सर्कुलर गरेको निर्णय अनुसार महासंघको गरिमा बढाउन गरेको अभियानमा हाम्रो साथ समर्थनका साथै यदि नेपाल पत्रकार महासंघ केन्द्रले जारी गरेको नामावली जिल्लाले सार्वजनिक गरेर शुद्धिकरण र नयाँ सदस्यताको प्रक्रिया अविलम्ब कार्यान्वयन नगरिए हाम्रो संगठन चरणवद्वरुपमा आन्दोलनमा उत्रिने खबरदारी गर्दछ ।’ प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य शिव सुनारको नेतृत्वमा गएको एक टोलीले नेपाल पत्रकार महासंघ बाँके शाखालाई बुझाएको हो । टोलीमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य डा. डक्टप्रसाद धिताल, नीति तथा परामर्श समिति सदस्य सुशील लामिछाने, प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, सचिब गजेन्द्र गुरुङ, जिल्ला अध्यक्ष राजेस आचार्य, उपाध्यक्ष द्वय संगीन शर्मा र सीता ओली, सचिब केपी घिमिरे, सह-सचिब द्वय तिलक नेपाली, डिल्ली शाही र सदस्य सन्तोष बिष्ट लगायत रहनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार