बाँके । स्थानीय तहको निर्वाचन सकिए लगतै देशभर नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो पदभार ग्रहण गर्दे नयाँ नयाँ निर्णय सार्वजनिक गरिरहेका छन् ।
बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यापले पदभार ग्रहण गरेलगतै जनमुखी काम गर्ने बताएका छन् । नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष कश्यपले आफनो घोषण पत्रमा उल्लेख गरे बमोजिम नै काम गर्ने बताए । उनलाई वडाका कर्मचारी संग वडाबासीहरु कार्यालयमा पुगेर टिका लगाएर कार्यकाल सफलताको काम गरेका थिए ।