मुख्य समाचार
खजुरा बजारको साँघुरो सडकप्रति जनताको आक्रोश | सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकार गर्ने | सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न | सरकारले अध्यादेश पुनर्विचार गरेन, हुबहु शीतलनिवास पठायो | राजनीति गर्ने कर्मचारीलाई झट्का, दलीय ट्रेड युनियन खारेज | सुकुम्बासी बस्तीमा डोजर चलाउने रास्वपा सरकार, रविको दोष स्थानीय तहलाई | फिल्डमै उत्रिए प्राधिकरण प्रमुखः छड्के अनुगमन तीव्र, ७ करोड बक्यौता असुल | सुत्केरी भवन अलपत्रः २ वर्ष बित्दा पनि फाउण्डेशनमै रोकियो, जोखिममा जानकी–५ का महिला | नीलसागर सेवा आश्रममा सांसद सुष्मा स्वर्णकारको निरीक्षण : अपूर्ण भवन पूरा गर्न बजेट पहल गर्ने प्रतिबद्धता | थप १९ चिकित्सकको लाइसेन्स खारेज |

खजुरा बजारको साँघुरो सडकप्रति जनताको आक्रोश

यूथ टुडे समाचारदाता 3346+ समाचार ( )
२२ वैशाख २०८३, मङ्गलबार
बाँके, २१ बैशाख । बाँकेको खजुरा क्षेत्रका स्थानीयबासीले नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तर्गत खजुरा बजारको साँघुरो सडक तत्काल फराकिलो बनाउन माग गर्दै हस्ताक्षरसहित हुलाकी सडक निर्देशनालयको योजना कार्यालय, नेपालगन्जमा ज्ञापनपत्र बुझाएका छन्।
हाल निर्माणाधीन १८०० मिटर सडक खण्डलाई फराकिलो बनाउनुपर्ने मागसहित स्थानीयहरू योजना कार्यालयमै पुगेर सामूहिक हस्ताक्षर हस्तान्तरण गरेका हुन् । बजार क्षेत्रबाहिर चार लेनको फराकिलो सडक निर्माण भइसके पनि बजारभित्रको खण्ड भने साँघुरो, अव्यवस्थित र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, साबिक सडकको दुवैतर्फ रहेको फुटपाथ ढल तथा नालाबाट सडकतर्फ निर्माण गरिएकाले सडक झन् साँघुरिएको छ। त्यसैले फुटपाथलाई ढलपछाडि सारेर दुवैतर्फ कम्तीमा १–१ मिटर सडक विस्तार गरी कालोपत्रे गर्नुपर्ने माग गरिएको छ। स्थानीयका अनुसार वर्तमान अवस्थाले दुर्घटनाको जोखिम बढाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खजुराका स्थानीय नेताहरूको अगुवाइमा हस्ताक्षर संकलन गरिएको हो । रास्वपा खजुरा गाउँपालिका सभापति अकबरअलि बेहनाले फुटपाथ पछाडि सार्दा आवश्यक परे अस्थायी संरचना हटाउनसमेत स्थानीय तयार रहेको उल्लेख गर्दै चालु स्तरोन्नति योजनामै सडक फराकिलो बनाउने व्यवस्था गर्न आग्रह गरे।
वडा नम्बर ३ का वडा सभापति अच्युतकृष्ण केसीले निर्माण हुने सडक गुणस्तरीय हुनेमा विश्वास व्यक्त गर्दै स्थानीयको मागलाई सम्बोधन गरिनुपर्ने बताए। त्यस्तै, रास्वपा नेता देवेन्द्र शुक्लाले विगतमा सडक मापदण्ड घटाएर खजुराबासीमाथि अन्याय भएको दाबी गर्दै केन्द्रस्तरबाट समेत पहल गरिने बताएका छन्।
ज्ञापनपत्र बुझ्दै योजना प्रमुख लीलाबहादुर भण्डारीले स्थानीयको माग निर्देशनालयमा पठाइने र आवश्यक निर्णयपछि कार्यान्वयन गरिने आश्वासन दिए। उनले यसअघि निर्माण गरिएको सडकसँग सम्बन्धित विवाद समाधानको प्रक्रियामा रहेको उल्लेख गर्दै नयाँ निर्माण भइरहेका खण्डमा तत्काल सुधारका लागि पहल गरिने बताए ।
उक्त सडक खण्डको निर्माण जिम्मा पाएको गजुरमुखी कन्स्ट्रक्सन कम्पनीले समयमै काम सम्पन्न नगरेपछि ठेक्का खारेज गरिएको थियो। हाल हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत मैटहवा–एनएटी–स्टेटलाइट जेभीले ७ करोड रुपैयाँभन्दा बढी लागतमा स्तरोन्नति कार्य गरिरहेको छ, जसको म्याद आगामी असार २२ गतेसम्म तोकिएको छ।
हुलाकी राजमार्ग सञ्चालनमा आएपछि नेपालगन्जबाट धनगढी, टिकापुर तथा महेन्द्रनगरतर्फ यात्रा गर्ने यात्रुहरूको मुख्य रोजाइ यही मार्ग बन्न थालेको छ। पूर्व–पश्चिम राजमार्गको तुलनामा छोटो दूरी, वन्यजन्तुको जोखिम कम र टाइम कार्डको झन्झट नहुने भएकाले यात्रुहरू हुलाकी सडकतर्फ आकर्षित भएका हुन् ।
ज्ञापनपत्र बुझाउन रास्वपाका नेता कृष्णबहादुर केसी, विजय गुरुङ, हरिप्रकाश बी लगायत स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार