मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


माननीय भए पाउने तलव दिनदुःखीको सेवामा लगाउने धवलको घोषणा

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
दुई पटक मेयर हुँदा सामाजसेवामा तलब खर्चिने धवल शम्सेर राणा
१५ कार्तिक २०७९, मङ्गलबार

नेपालगन्ज – दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको मेयर निर्वाचित हुँदा धवल शमसेर राणाले आफ्नो सम्पूर्ण तलब समाजसेवामा लगाए । २०५४ र २०७४ मा राणालाई यहाँका मतदाताले मेयर पदको जिम्मेवारी सुम्पिएका थिए । भ्रष्टाचार बिरुद्ध आक्रमक र सार्मथ्य अनुसार नेपालगन्जको विकास गरेका यिनै राणाले पाउने पारिश्रमिकबाट कयौं दिनदुखीलाई राहत मिलेको थियो । उनले मेयर हुँदाको जस्तै यदि सांसद भए पाउने पारिश्रमिक समाजसेवामा लगाउने घोषणा गरेका छन् । मतदातामाझ राणाले उक्त घोषणा गर्दै भने,–‘सांसदले जति पाउँछन् त्यति म दिनदुःखीको सेवामा खर्च गर्छु ।’ 

राणाले दुई कार्यकाल गरी दश वर्ष नेपालगन्ज उपमहानगरपालिका हाँके । त्यसअवधिमा पाउने पारिश्रमिकबाट कहिले निशुल्क भोजन गराउने संस्थालाई सहयोग गरे भने कहिले पैसा अभावमा उपचार गर्न नपाएका बिरामीलाई सहयोग गरे । उनले पहिलो कार्यकालमा प्रतिक्षालय समेत निर्माण गरेका थिए । राणाले चिकित्सा शास्त्र पढ्न अवसर पाएकी तर पैसा अभाव झेलिरहेकालाई समेत आफ्नो तलव दिएका थिए । आफुले पाउने पारिश्रमिक सेवामा लगाउनुलाई सामान्य ठानेको राणा बताउँछन् । उनी भन्छन्–‘मैले पाउने पैसाले कसैको हित हुन्छ भने त्यो जत्तिको खुसी केही हुँदैन ।’

नेतृत्व गरेका डाक्टर राणाले बाँकेको क्षेत्र नम्वर २ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन् । उनको दल राप्रपा र एमाले धवलका पक्षमा घरदैलो गरिरहेका छन् । 

राप्रपा–एमाले गठबन्धनबाट निर्वाचनमा होमिएका उनले संविधान सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका सभापति सुसिल कोईरालालाई कडा टक्कर दिएका थिए ।

भ्रष्टाचार विरोधी, विकास प्रेमी नेताको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त राणा जनताको बीचमा सदाबहार लोकप्रिय छन् । धवल विकासप्रेमी राणा प्रधानमन्त्री देवशमशेरका पनाति, मसुरी शमशेरका नाती हुन् । मसुरी शमशेरले आफ्नो पालामा यस क्षेत्रमा महाकाली मिल खोलेर औद्योगिक क्रान्ति गरेका गरेका हुन् । मसुरी शमशेरका छोरा, धवलका बुवा कैलाश शमशेरले पनि कृषिलाई प्राथमिकता दिए । धवल शमशेरले भारतबाट राजनीति शास्त्रमा स्नातकोत्तर र अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधी (पिएचडी) गरेका छन् । राजनीतिमा पढेका कमै व्यक्तिहरु मध्ये पर्छन् धवल शमशेर ।

धवल शमशेरका बुवा नेपालका पहिलो ‘कृषि इन्जिनियर’ हुन् ।

शुरुमा धवलले व्यवसायिक सफलतापछि व्यवसायसँगै धवलले जिन्दगीको नयाँ बाटो तय गरे । उनले राजनीतिमार्फत् विकासमा कायापलट गर्ने योजना बनाए । भारतमा अध्ययनको क्रममा नेपालमा फर्किएपछि राजनीति गरेर देश विकासमा लाग्ने भावना उनमा जागेर उनेर २०४७ सालमा राजनीतिमा आबद्ध भएका हुन् ।

२०५१ को संसदीय निर्वाचनमा पराजित भएपनि २०५४ मा तत्कालीन नेपालगन्ज नगरपालिकाको प्रमुख पदमा अत्याधिक मतले निर्वाचित हुन उनी सफल भए । नेपालगन्जको नगर प्रमुख बन्दा धवल जम्मा ३२ वर्षका मात्रै थिए । पहिलोपटक प्रमुख बन्दा उनले नेपालगन्जमा विकास झल्किने गरी उल्लेखनीय काम गरे । नेपालगन्जका तालतलैया संरक्षण, सडक तथा नालाको विस्तार र विकास, महेन्द्र पार्क (मिनी जू), रानी तलाउ निर्माण, नगरपालिकाको आय स्रोत बढाउन विभिन्न ठाउँमा सटर निर्माणजस्ता थुपै काम गरे । आफुले प्रमुख भए बाफत पाउने भत्ता दीन–दुःखीलाई वितरण गरे । भत्ताको रकमबाटै भेरी अस्पतालमा प्रतीक्षालय निर्माण गरे ।

आफ्नो तलब–भत्ताबाट मानबिय र सामाजिक कार्य गर्ने बिरलै जनप्रतिनिधि मध्येका एक हुन् उनी ।

१०४ वर्षसम्म नेपालमा शासन गरेको राणा खलकका अहिले औंलामा गन्न सकिने थोरै सन्तान राजनीतिमा सक्रिय छन् । तीमध्येका धवल शमशेर एक हुन् । यस्तै कारणले उनी जिजु हजुरबुवा देवशमशेरको झैं ‘विकासप्रेमी’ नेताको छवि बनाउन सफल भएका छन् । त्यहीँ छविकै कारण धवल २० वर्षपछि पनि नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखको कुर्सीमा बस्न सफल भए । आफ्नो पार्टीको बहुमत नहुँदा पनि सबैसङ्गको उच्च सहकार्यबाट उनी दोश्रो कार्यकाल पनि सफल भए ।

उनको दोश्रो कार्यकालमा भताभुङ्ग भएको नेपालगन्जलाई बनाउने काम भएको स्थानीयको बुझाई छ । भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने धवल सबैका प्रिय पात्र बन्न सफल भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार