मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |

कुलमान घिसिङ पनि अमेरिकी दलाल रहेछन् : प्रकाण्ड

यूथ टुडे समाचारदाता 3303+ समाचार ( )
१३ भाद्र २०८०, बुधवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमसीसी कार्यान्वयनको सहमति नगर्दा सरकार ढल्छ भने पनि त्यसका निम्ति तयार हुनुपर्ने औंल्याएका छन् ।

‘प्रचण्डले एमसीसी कार्यान्वयन गर्छु भनेको मैले सुनेको छैन । उहाँले एमसीसी कार्यान्वयन सहमतिमा कुनै पनि हालतमा हस्ताक्षर गराउनु हुँदैन । यो समाजवादी मोर्चाको सैद्धान्तिक मान्यता विपरीत छ । प्रमलाई हस्ताक्षर नगर्न र नगराउन जोड दिन्छ । प्रधानमन्त्रीले सहमति रोक्नैपर्छ । सरकार ढल्छ भने पनि प्रचण्ड तयार हुनुपर्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

नेता प्रकाण्डले एमसीसी कार्यान्वयन सहमति भए आफ्नो पार्टीका लागि मान्य नहुने चेतावनी दिए । उनले भने, ‘अहिले सहमति हुने कल्पना नगरौं । फिर्ता हुने नै कुरा गरौं । भइहालेछ भने पनि नेकपालाई मान्य हुँदैन । त्यो बेला हामी जस्तालाई त्यस्तै जवाफ दिन्छौं । हामी भदौ ६ गतेदेखि संघर्षमा छौं । देशव्यापी विरोध प्रदर्शनमा छौं । हामी दोस्रो चरणको आन्दोलनमा गयौं भने देश सिरियस स्थितिमा पुग्छ ।’

एमसीसी नेपाल र नेपालीको हितमा नभएकाले खारेज गर्नुको विकल्प नभएको उनको जिकिर छ । प्रकाण्डले भने,’ एमसीसी प्रोजेक्ट ट्रान्समिसन लाइन र सडक सुधारका निम्ति भन्ने पिछलग्गुहरुको प्रचार सही छैन । नुवाकोटमा मात्र ६ सय ७ सय रोपनी जमिन किन चाहिन्छ ? एमसीसी विकासका लागि हो भन्नु अफवाह मात्र हो । यो नेपाललाई दक्षिण एसियाको युक्रेन बनाउने डिजाइन हो । एमसीसीको व्याख्यात्मक घोषणालाई एमसीसीको अंग नबनाएर थाङ्नामा सुताउने काम भएको उनको आरोप छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपाल र नेपालीको विरोधी भएको आरोप पनि प्रकाण्डले लगाए । उनले थपे, ‘बिरालोलाई जति छोपे पनि म्याउँ गरिहाल्छ । उहाँ त विदेशीको नांगो दलाल हुनुहुँदो रहेछ । कुलमान घिसिङजीले यति धेरै अमेरिकाको खातिरदारी गर्नु पर्दैन ।’ गगन थापा, अर्थमन्त्री, अर्थसचिवलाई जनताले कठालो समात्ने र इतिहासले सजाय दिने उनको दाबी छ ।

एमसीसी कार्यान्वयनको सहमति नगर्न दबाब दिन नेकपा महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री प्रचण्डसँग आज बिहान बालुवाटारमा भेट्दै छन् । माधवकुमार नेपाल लगायत समाजवादी मोर्चाका नेताहरु पनि त्यसमा सहभागी हुने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार