मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

नरैनापुरमा शिक्षकहरुले आन्दोलनको स्वरुप फेरे, शिक्षकले दिए प्रहरीमा किटानी जाहेरी

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
१९ जेठ २०८१, बुधवार

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् । गत आईतबार पालिकाका शिक्षा अधिकृत कृष्ण थारु र प्राविधिक कमल केसीमाथि कार्यकक्षमै अभद्र व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै उनीहरुले सम्पूर्ण कामहरु ठप्प पारेका थिए । 

विनय प्रकाश दिक्षितको नेतृत्वमा  गएको समूहले कर्मचारीमाथि अभद्र व्यवहार गरेतापनि हालसम्म उनीहरुमाथि कुनै कारवाही नभएको कर्मचारीहरुले जनाएका छन् । उनीहरुले बुधबार एक विज्ञप्ती जारी गर्दै कारवाहीको माग समेत गरेका छन् । 

उनीहरुलाई कारवाही नहुँदासम्म विरोध स्वरुप विहान १० बजेदेखि ११ बजेसम्म गाउँपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवाहरु ठप्प पार्ने जनाएका छन् । 

‘दोषी उपर प्रचलित कानून बमोजिम कारवाही नहुँदासम्म विरोध स्वरुप यस गाउँपालिका तथा सम्पूर्ण वडा कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बिहान १० बजेदेखि ११ बजेसम्म बन्द रहने र आर्थिक वर्षको अन्त्यमा कामको चाप, सेवाग्राहीहरुको असुविधा र कर्मचारीको दायित्व समेतलाई मध्येनजर गरी आजकै मितिदेखि बिहान ११ बजेपछि नियमित रुपमा कामकारवाही सुचारु भएको व्यहोरा जानकारी गराउँदछाँै’, कर्मचारीले जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार