मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |


प्रेस सेन्टर नेपाल नेपालगंज शाखाको अध्यक्षमा चन्द्र बोहरा चयन

महमूद आलम खान 1132+ समाचार ( )
प्रेस सेन्टर नेपाल लुम्बनी प्रदेशका सचिव एंव पालिकाका इन्चार्ज आलम खानले सुचना दिने माध्यमहरु थुप्रै भएतापनि त्यसको प्रयोग र आम जनमानसमा त्यसले पार्ने प्रभाबबारे पत्रकारहरु सदैव चनाखो हुनुपर्ने बताउनु भएको थियो उहाँले श्रमजिवि पत्रकारहरुको क्षमता विकास सगंसगै उनीहरुका मुद्धालाई साझा मुद्धा बनाउन सगंठन विस्तारमा लागेको बताउनु भयो।
२९ फाल्गुन २०७८, आइतबार

बिनय पाठक/ सुनिता श्रेष्ठ/अब्दुल अजीज

बाँके । प्रेस सेन्टर नेपाल नेपालगंज शाखाको अध्यक्षमा चन्द्र बोहरा चयन हुनुभएको छ । शाखाको उपाध्यक्ष अमर शाही, महिला समावेशी उपाध्यक्ष सबिता चन्द, सचिव  आकाश कसौधन(गुप्ता) सह सचिव  गणेश पौडेल, अरशद अलि रङ्ग्रेज रकोषाध्यक्षमा  शेर बहादुर बोहरा चयन हुनु भएको छ । 

त्यस्तै सदस्यहरुमा पुष्पा सुनार, दिपा मगर सहित १९ सदस्य नगर समिति चयन गरिएको छ । प्रेस सेन्टरले पालिका स्तरिय शाखा विस्तार अभियान अन्तर्गत पहिलोपटक नेपालगंज शाखा विस्तार गरेको हो । नयाँ नेतृत्व आइसकेपछि प्रेस सेन्टर बाँकेले आईतबार नोपलगंजमा प्रथम ऐतिहासिक भेलाको आयोजना गरि पालिका स्तरिय शाखा विस्तार अभियान सुरु गरेको हो ।

आईतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रिय सदस्य सुशिल शर्माले परिवर्तनको संवाहको रुपमा सगंठनको उदय भएको बताउँदै समाजवादको सवालमा सदैव अगाडी रहेको बताउनुभयो । यति बेला संगठन निमार्ण अभियान जुटेका छौँ,उहाँले भन्नुभयो समावेशी मर्म अनुसार नेतृत्वको विकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।’

समाजवादमा जाने प्रश्रमा उहाँले सबैभन्दा पहिले सविंधानका मौलिक हकहरु कार्यान्वयन हुन जरुरी रहेको बताउनुभयो । ‘हामी मध्यान्तर अवस्थामा छौँ,उहाँले भन्नुभयो(‘गणतन्त्र अझै संस्थागत हुन सकेको छैन,सविंधानलाई कसरी बचाउने भन्ने खतरा बढेको छ ।’ त्यस्तै उहाँले पछिल्लो समय पत्रकारहरु आफ्नो उद्देश्यमा अल्मलाई रहेको बताउँदै परिस्थीती अनुसार आफुलाई समायोजन गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो ।

प्रेस सेन्टर नेपाल लुम्बनी प्रदेशका सचिव एंव पालिकाका इन्चार्ज आलम खानले सुचना दिने माध्यमहरु थुप्रै भएतापनि त्यसको प्रयोग र आम जनमानसमा त्यसले पार्ने प्रभाबबारे पत्रकारहरु सदैव चनाखो हुनुपर्ने बताउनु भएको थियो उहाँले श्रमजिवि पत्रकारहरुको क्षमता विकास सगंसगै उनीहरुका मुद्धालाई साझा मुद्धा बनाउन सगंठन विस्तारमा लागेको बताउनु भयो। पार्टीले आफना पत्रकारहरुलाई बेवास्ता गरेको भन्दै कडा शब्दमा निन्दा गर्दै समयमा नै बुद्धि पुर्याउन पार्टीका नेताहरुलाई आग्रह गर्नु भएकाृ थियो । कार्यक्रममा ओवादी केन्द्रका लुम्बनी प्रदेश सदस्य एंव बाके इन्चार्ज अकल बहादुर बमले पत्रकार र नेता बिच नंग र मासुको सम्बन्ध रहेको बताउदै पत्रकारहरुलाई पार्टीमा बिशेष स्थान दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । माओबादी केन्द्र नेपालगंजका अध्यक्ष रतन शाहीले कलमजिवि पत्रकारहरु समाजवादको बहसमा केन्द्रित हुनुपर्ने बताउनुभयो । सघिंयताको कार्यान्वयन सञ्चारबाटै गर्नुपर्ने उहाँहरुको जोड थियो ।

कार्यक्रममा प्रेस सेन्टर लुम्बनीका उपाध्यक्ष एंव बाँके इन्चार्ज प्रदिप वाग्लेले सञ्चार क्षेत्रको विकासका लागि सदैव प्रतिबद्ध रहेर काम गर्ने बताउनु भयो । प्रेस सेन्टर बाँके का अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षता मा भएको कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य सुशील लामिछाने  सेन्टरका जिल्ला ईन्चार्ज प्रदीप वाग्ले, नगर ईन्चार्ज आलम खान, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा नगर ईन्चार्ज आकल  बहादुर बम, नगर अध्यक्ष रतन शाही, वाइसिएलका केन्द्रीय सदस्य मिना चादरा मनिषा, किसान महासंघ क्रांतिकारीका केन्द्रीय सदस्य प्रेम सापकोटा, आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ, थारु पत्रकार संघका बाँके अध्यक्ष हेमन्त चौधरी, सहसचिव  केपी घिमिरे यात्री  र निर्वाचन प्रमुख तीर्थ ज्ञवाली लगायतले पत्रकारिता निष्पक्ष ढंगले चलाउन सकेमात्रै देश सहिमार्गमा अघि बढ्ने बताउनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार