बाँके । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवं पुर्व खानेपानी मन्त्री अब्दुल खान आज गृह जिल्ला बर्दिया जाने भएका छन् ।
सभापति खान आज बर्दिया पुगेर व्यापार संघका पदाधिकारी, स्थानीय व्यापारी, सरोकारवाला निकाय र सुरक्षा निकायका प्रमुखहरु संग छलफल गर्नुका साथै बर्दियामा संचालन हुने योजनाहरुको अनुगमन गर्ने कार्यतालिका रहेको सभापति खानका स्वकीय सचिव अतिउल्ला मुसलमानले बताए ।
यस्तै आजै भेटघाट कार्यक्रम गरेर नेपालगञ्ज फर्किने कार्यक्रम रहेको मंगलबार दाङका व्यापारीहरु संग छलफल गर्ने कार्यक्रम रहेको सभापति खानको सचिवालयले जनाएको छ ।