मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

सत्ता गठबन्धनको चुनावी तालमेलको मापदण्ड तयार (सूचीसहित)

महमूद आलम खान 1132+ समाचार ( )
सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने सम्बन्धमा मापदण्ड तय गरेको छ ।
३० चैत्र २०७८, बुधवार

काठमाडौँ । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने सम्बन्धमा मापदण्ड तय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको गठबन्धनकाृ बैठकले उम्मेदवार सिफारिस गर्नेसम्बन्धी आधार र मापदण्ड तय गरेको हो ।

मंगलबारको बैठकले बनाएको मापदण्डअनुसार नै अब तल्ला तहका समितिहरुले उम्मेदवार सिफारिस गर्ने नेपाली कांग्रेसका नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

महानगरपालिका उम्मेदवार सिफारिस र भागबन्डाका विषयमा भने निर्णय गर्न भने फेरि बैठक बस्ने कार्कीको भनाइ छ ।

यस्ता छन् चुनावी तालमेलको मापदण्ड

१. महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।

२. नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

३. सबै पालिका वडाध्यक्ष र सदस्यहरुको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।

४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई–दुई प्रतिनिधि रहने ।

५. प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ–आफ्नो आवश्यकताअनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने ।

६. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।

७ आधारहरु

१. २०७४ सालमा विजयी माओवादी र समाजवादीका जनप्रतिनिधिलाई यसैअनुसार मान्ने ।

२. २०७४ सालको निर्वाचनमा पाएको मतको मतभारलाई आधार बनाउने ।

३. २०७४ सालमा विजयी नभएका अन्य दललाई पनि यथासक्य सहभागी गराउने ।

४. गठबन्धनबाहेक अन्य दल निर्वाचित स्थानमा गठबन्धनका दलले पाएको मतलाई आधार बनाउने । उक्त दलले पाएको मतभारलाई पनि आधार बनाउने ।

५. समाजवादीको हकमा बुँदा ४ मा उल्लेखित आधारबाहेक ऊ मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्ने ।

६. जनसमर्थनलाई पनि ध्यान दिने ।

७. गठबन्धनबीच मात्र चुनावी तालमेल हुने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार