मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

प्रचण्ड सरकार ढाल्न शेखर समूह आन्तरिक मोर्चा कस्दै

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
१ अशोज २०८०, सोमबार

काठमाडौं । नेपाली कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । त्यसको ठीक दुई दिन अगाडि अथार्त असोज २ गते नै नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् ।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा कोइरालाले बोलाएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि निम्तो गरिएको छ । अर्का महामन्त्री गगन थापालाई पनि संस्थापन इतर अर्थात् शेखर समूहकै नेता मान्ने गरिएको छ ।

पछिल्लो समय सरकार परिवर्तन गर्नुपर्ने पक्षमा धारणा राख्दै आएका कोइरालाले केन्द्रीय समिति बैठक अगाडि समूहको बैठक बैठक बोलाउनु र आफ्नो समूहमा नरहेका नेताहरूलाई बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।

स्रोतका अनुसार यस पटकको केन्द्रीय समिति बैठकमा शेखर समूहले सरकार परिवर्तनको विषय जोडतोडका साथ उठाउने बुझिएको छ । ‘कांग्रेसले नै सरकारको नेतृत्व नगरेसम्म देशले निकास पाउन नसक्ने’ बताउँदै आएका कोइराला पछिल्लो समय पार्टीभित्र सरकार विरुद्धको समूह बढाउने खेलमा लागेका हुन् ।

जसरी पनि आफ्नै पार्टी सहभागी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व ढाल्ने खेलमा लागेका कोइरालाले सरकार विरुद्धको मोर्चा बलियो बनाउन विश्वप्रकाश र प्रदीपको साथ खोजेका हुन् । यद्यपि, शर्मा र पौडेल भने अहिले नै सरकार परिवर्तन गर्न नहुने पक्षमा छन् ।

त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रचण्ड सरकारसँग सन्तुष्ट छैनन् । विशेष गरी सरकारको भ्रष्टाचार विरुद्धको अभियानका क्रममा आफ्नै नेताहरू पक्राउ पर्न थालेका कारण देउवाले प्रचण्ड सरकारसँग असुरक्षित ठानेका हुन् ।

सभापति देउवा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग असन्तुष्ट र त्रसित रहेको मौका छोपेर कोइराला सरकार नै परिवर्तन गर्ने खेलमा लागेका हुन् । तर, देउवा भने अहिले नै सरकार परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार