मुख्य समाचार
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री | युट्युव हरेर आफैले बनाएको कटुवा पेस्तोल पड्किद थारु घाईते | नेपाल कुशवाहा कल्याण समाजको अध्यक्षमा राकेश मेहता चयन | नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न | बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल | पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैद | नरैनापुरमा १०१ औलोका बिरामी भेटिए, ४३ सय जनालाई कीटनाशक झुल वितरण | दुई दिने राजकीय भ्रमण सम्पन्न गरी कतारका अमिर स्वदेश फिर्ता | भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव | नेपालको दुई दिने भ्रमणका लागि कतारका राजा अमिर शेख आइपुगे काठमाडौँ |

एनआरएनएद्वारा बाँके रेडक्रसलाई ब्लड संकलन गर्ने मोबाइल बस हस्तान्तरण

यूथ टुडे समाचारदाता 1923+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

एनआरएनएद्वारा बाँके रेडक्रसलाई ब्लड संकलन गर्ने मोबाइल बस हस्तान्तरण 

बाँके । रगतको सहज व्यवस्थापनमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बाँके रेडक्रसलाई ब्लड संकलन गर्ने मोबाइल बस एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । 

सघन बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले एनआरएनएले सातवटै प्रदेशमा एक-एकवटा ब्लड–संकलन बस वितरण गर्ने योजना अनुरुप बाँके रेडक्रसलाई बस हस्तान्तरण गरिएको संघका अध्यक्ष डा. बद्री केसीले बताउनुभयो। उहाँले नेपालको विकास र समृद्धिका लागि महासंघले हातेमालो गरेर अगाडि बढी रहेको जिकिर गर्नु भएको थियो 

नेपालगन्जमा शुक्रबार आयोजित विशेष कार्यक्रममा संघले उक्त बस नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर कमरुद्दीन मार्फत बाँके रेडक्रसलाई बस हस्तान्तरण गरेको हो । कार्यक्रममा संघका उपाध्यक्ष राम शरण सिम्खडाले यसअगाडि बागमती र सुदूरपश्चिम, मधेश र कोशी प्रदेशलाई एक÷एक वटा ब्लड संकलन बस उपलब्ध गराइएको बताउनु भयो । 

उहाँले नेपालको विषम परिस्थितिमा सरकारले गर्न नसकेको काम पनि एनआरएनएले गरेको दाबी गर्नु भयो । उहाँले विदेशमा बस्ने नेपालीले देशप्रतिको मायाका कारण विभिन्न सामाजिक काममा साथ दिँदै आएको बताउनु भयो । 

मेयर राइले एनआरएनएका पदाधिकारीहरूलाई नेपालगञ्जको विकास र समृद्धिका लागि हातेमालो गरी अगाडि बढ्न आग्रह गर्नु भयो। उहाँले ब्लड संकलन बसले पश्चिम नेपालका जनताको उपचारमा सहज पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।  रेडक्रसद्धारा संचालित ब्लड बैंकले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएर रगत संकलन गर्दै आएको छ। रेडक्रस बाँकेका सभापति गोर्वधन सिंह सम्झनाले ब्लड संकलन बसले बिरामीलाई रगत संकलन गरी थप सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

रगतको माग दिनप्रतिदिन बढ्दै जाँदा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले रगत व्यवस्थापनमा सघाउने उद्देश्यका साथ उक्त बस ल्याइएको एनआरएनएका माल्टाका उपाध्यक्ष सत्यनारायण झाले बताउनु भयो । 

उक्त बसभित्रै राखिएका विशेष सिटमा बसेर रक्तदान गर्न सकिन्छ। बाहिर रक्तदान गर्नुपर्ने अवस्थामा बसमै अट्याच भएको पाल टाँगेर पनि रक्तदान गर्न सकिन्छ। त्यसका लागि अतिरिक्त सिट राखिएको छ। उक्त बस ७० लाख रुपैयाँमा खरिद गरिएको झाले जानकारी दिनु भयो । बसमा बसेर एकै पटकमा पाँचजनाले रक्तदान गर्न सक्ने उहाँको भनाइ थियो ।

त्यस्तै रगत चिस्याउने, रगत झिक्ने र स्वास्थ्यकर्मी बस्ने व्यवस्था बसभित्रै छ। रगत अभाव भएको बेला गाउँगाउँसम्म रगत संकलन गर्न यो बस निकै उपयोगी हुने छ। उक्त बसको सहयोगबाट प्रतिकूल मौसममा समेत रगत संकलन गर्न सहज हुने छ। बस हस्तान्तरण कार्यक्रममा रक्त संचार व्यवस्थापन समितिका संयोजक राजकुमार बर्माले रगतको माग दिनहुँ बढिरहेका बेला एनआरएनएले गरेको कार्य निकै सराहनीय रहेको बताउनु भयो । यस्तै समितिका सदस्य एवं अधिकारकर्मी आलम खानले पश्चिम नेपालका जनताका निम्ति रगतको व्यवस्थापनमा यो कोसेढुंगा सावित हुने उल्लेख गर्नु भयो ।

कार्यक्रममा एनआरएनएका विभिन्न पदाधिकारी, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख ,रेडक्रसका पदाधिकारीलगायतको सहभागिता रहेको कार्यक्रमको संचालन रेडक्रसका कार्यक्रम संयोजक निरन्जना मल्लाले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार