मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

ओपीडी सेवामा बिशेष छुटका साथ गुणस्तरीय सेवा दिदै कान्ति आरोग्य अस्पताल

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
फागुन महिनादेखि बिशेष छुटका साथ विशेषज्ञ चिकित्सकहरुको सेवा सुचारु गरेको अस्पतलले जनाएको छ । स्वास्थ्यको पहुचभन्दा टाढा रहेका आर्थिक विपन्न सामुदायहरुलाई लक्षित गरि कान्ति आरोग्य अस्पतालले ओपिडि सेवा बापत १०० रुपिया मात्र लिने गरेको अस्पतालका संचालक बरिष्ठ बालरोग विशेषज्ञ डा.रोमा बोराले जानकारी दिनु भयो ।
१२ फाल्गुन २०७९, शुक्रबार

बाँके । आधुनिक प्रविधिको प्रयोग गर्दै नेपालगन्जमा गुणस्तरीय सेवा दिदै आएको कान्ति आरोग्य अस्पतालले ओपिडी सेवामा बिशेष छुटको व्यवस्था गरेको छ । छोटो समयमा गुणस्तरीय सेवाप्रदान गरि विरामीको मन जित्दै आएको अस्पतालले फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवामा १०० रुपिया मात्र लिदै आएको छ ।

फागुन महिनादेखि बिशेष छुटका साथ विशेषज्ञ चिकित्सकहरुको सेवा सुचारु गरेको अस्पतलले जनाएको छ । स्वास्थ्यको पहुचभन्दा टाढा रहेका आर्थिक विपन्न सामुदायहरुलाई लक्षित गरि कान्ति आरोग्य अस्पतालले ओपिडि सेवा बापत १०० रुपिया मात्र लिने गरेको अस्पतालका संचालक बरिष्ठ बालरोग विशेषज्ञ डा.रोमा बोराले जानकारी दिनु भयो ।

अस्पतालमा आएका बालबालिकाहरुमा गरिएको स्वास्थ्य जाँचबाट छाला र पेटको समस्या बढी देखिएको र जटिल समस्या भएको आशंका भएका केहीलाई थप परिक्षण गर्दै आएको डा. बोराको भनाई थियो । 

जनतालाई गुणस्तरीय सेवा दिने लक्ष्य सहित बिशेष छुटको व्यवस्था गरेको बताउदै  अस्पतालले बिशेषज्ञ सेवाहरु विस्तार गरिरहेको डाक्टर रोमा बोराले बताउनु भयो । उहाँले कान्ति आरोग्य अस्पतालले नवजात शिशु तथा बालरोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन, जनरल मेडिसिन अन्तर्गत सुगर, ब्ल प्रेसर, मुटुरोग, पेट, छाती, कलेजो रोग सम्बन्धी सम्पुर्ण उपचार, हाडर्जोनी, नसा तथा बाथरोग, छाला तथा चर्म रोग, न्युरो सर्जन, रगत क्यान्सर, रगत सम्बन्धी सम्पुर्ण रोग, नाक, कान, घाटी रोग, जनरल सर्जरी, एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला, एनआसियु, पिआइसियु सेवा, सबै किसिमका खोप सेवाहरु र एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएको जानकारी दिनु भयो । 

अहिले पनि कति मानिसहरु उपचार गर्ने पैसा वा औषधि खाने पैसा नभएर घरमै रोग पालेर बसिरहेका छन् । गाउँतिर अहिले पनि आर्थिक कमजोर, अशिक्षित वा गरिबीका कारण कोही मानिस बिरामी भएमा बाँधेर वा सुताएर राख्ने गरिन्छ । अहिले ३५ प्रतिशत मानिसहरुले पैसा भएर उपचार पाएका छन भने बाँकी मानिसहरुले आर्थिक कमजोरीका कारण उपचार वा स्वास्थ्य सेवा पाएका छैनन् । 

यता कान्ति आरोग्य अस्पतालले आर्थिक कमजोरीका कारण स्वास्थ्यबाट कसैलाई बन्चीत हुनु नपरोस भन्ने उद्देश्य राखेर अस्पतालमा ओपिडी सेवामा बिशेष छुट गरिएको बताउदै अस्पतालका प्रबन्ध निर्देशक सन्दिप कुमार अग्रवालले भन्नुभयो, कान्ति आरोग्य निजि अस्पताल भए पनि यहाँ आउने सबै विरामीलाई सस्तो र गुणस्तरीय सेवा दिनमा कुनै कन्जुसाई गरिने छैन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार