मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

जानकी–३ स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सुरु गर्ने तयारी

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
२८ फाल्गुन २०८२, बिहीबार
बाँके २८ फागुन । बाँकेको जानकी गाउँपालिका वडा नं. ३ स्थित स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको भवनको अनुगमन गरिएको छ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको नेतृत्वमा सामाजिक विकास समिति संयोजक राम अचल धोबी, प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्याय, वडा नं. ३ का वडा अध्यक्ष राजकुमार बर्मा, स्वास्थ्य कार्यालय बाँकेका प्रतिनिधि तथा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना लगायतको टोलीले भवनको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनपछि प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले उक्त वडामा मधेशी तथा मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको र हालसम्म प्रसूति सेवा सञ्चालन हुन नसक्दा स्थानीय महिलाहरूले ठूलो सास्ती भोग्दै आएको गुनासो आएपछि आवश्यक भौतिक संरचना निर्माण गरी सेवा सञ्चालनको तयारी गरिएको बताउनुभयो।
उहाँका अनुसार भवनको अवस्थाबारे अनुगमन गरी सामाजिक विकास समितिले गाउँपालिकालाई प्रतिवेदन पेश गर्नेछ। त्यसपछि गाउँपालिकाको कार्यपालिकाले आवश्यक दरबन्दी स्वीकृत गरि सके छ भने स्वास्थ्य कार्यालयसँग अनुमति माग गर्ने अनुरोध गर्ने छ । स्वास्थ्य कार्यालयबाट अनुमति प्राप्त भएलगत्तै स्वास्थ्य चौकीबाट २४ घण्टा प्रसूति सेवा सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो।
गाउँपालिका अध्यक्ष छब्बन खाँले पनि स्थानीय महिलालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रसूति सेवा विस्तार गर्न पालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “पालिकाका ६ वटा वडा भए पनि हाल वडा नं. १, २ र ६ मा मात्रै प्रसूति सेवा सञ्चालनमा छ। वडा नं. ३ सहित अन्य वडामा पनि सेवा विस्तार गर्ने हाम्रो लक्ष्य हो। भवन निर्माणको काम पूरा भइसकेको छ, अब आवश्यक जनशक्ति व्यवस्थापन गरी चाँडै सेवा सुरु गर्ने तयारीमा छौँ।”
अध्यक्ष खाँले स्रोतको अभावका कारण केही वडामा प्रसूति सेवा सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै निकट भविष्यमा प्रदेश र संघीय सरकारसँग बजेट माग गरी सेवा विस्तार गरिने जानकारी दिनुभयो।

प्रतिक्रिया

Niraj Kumar shahu २९ फाल्गुन २०८२, शुक्रबार

La badi xa ramro kaam vyo

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार