मुख्य समाचार
बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग |

२६ महिने कार्यकालमा ‘मोडल वितरण केन्द्र’को पहिचान बनाएका प्रमुख लामिछानेको बिदाइ

यूथ टुडे समाचारदाता 3335+ समाचार ( )
नयाँ नेतृत्वसँग थप सुधारको अपेक्षा
१३ मंगशिर २०८२, शुक्रबार

बाँके । बिधुत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा २६ महिनाको सफल, अनुशासित र दिगो सुधार केन्द्रित कार्यकाल पूरा गर्दै  बितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछाने बिदाइ भएका छन् ।

गुणस्तरीय विद्युत सेवा, पारदर्शी व्यवस्थापन र दीर्घकालीन पूर्वाधार विस्तारमा उल्लेखनीय योगदान पु¥याएका कारण लामिछानेको कार्यकाल नेपालगन्ज वितरण केन्द्रका लागि स्मरणीय र ऐतिहासिक मानिएको छ ।

वहाँको नेतृत्वमा वातानुकुलित ग्राहक प्रतिक्षालय, सुगम महसुल काउन्टर, कोहलपुर–नेपालगन्ज विद्युत क्षमता अभिवृद्धिका लागि ३३ केभीका थप दुई नयाँ सर्किट, पावर ट्रान्सफर्मर क्षमता विस्तार, आन्तरिक वितरण लाइन सुदृढीकरण, थ्री–फेज स्मार्ट मिटर विस्तार, बक्यौता असुली अभियान लगायत संस्थागत सुधारका धेरै महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको लेखा अधिकृत बुध्दि सागर भुषालले बताउनु भयो । उहाँले भन्नुभयो," यो उपलब्धिले नेपालगन्ज वितरण केन्द्रलाई सेवा सुशासनको नयाँ मानक स्थापित गर्ने मोडल संस्थाकोरूपमा अगाडि बढाएको छ।"

व्यक्तिगत रूपमा कहिल्यै नमिठो अनुभव नहुनुका बाबजुद ट्रेडयुनियन अभियानमा संस्थागत सुधार, छिटोछरितो सेवा प्रवाह र कर्मचारी हकहितका विषयमा बहस–संवाद हुँदै सहकार्य गर्न पाएको अनुभव स्मरणीय रहेको उल्लेख गर्दै अधिकृत भुषालले भन्नुभयो, उहाँ सँगको सकारात्मक समन्वय र उपलब्धि दीर्घकालीन रुपमा अविस्मरणीय रहने छ।

बिधुत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रमा कार्यरत भाइराजा श्रीवास्तवले शहरी मात्र नभइ ग्रामीण क्षेत्रमा बिधुत बिस्तार अभियानलाई सफल बनाउन इन्जिनियर जगन्नाथ लामिछाने देखाउनु भएको महत्वपूर्ण भूमिको प्रशंसा गर्नु भएको थियो ।

नो- लाईट शाखाका प्रमुख विष्णु खत्रीले लामिछाने ज्युको  आगामी कार्यकाल बाँकेको जस्तै सफल, रचनात्मक र प्रेरणादायी हुने विश्वास व्यक्त गर्नु भयो ।

यस्तै, नेपालगन्ज वितरण केन्द्रमा प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका सहायक प्रबन्धक संजयकुमार मिश्रलाई हृदयपूर्वक शुभकामना दिइएको छ। विद्युत सेवा सुधार, विस्तार र व्यवस्थापन प्रभावकारितामा मिश्राको नेतृत्वले अझै नयाँ सफलता प्राप्त गर्ने विश्वाससहित पूर्ण साथ र सकारात्मक सहयोग रहने कर्मचारीहरुले प्रतिवद्धता जनाएका छन् ।

यसैगरी, लामो समय उत्कृष्ट सेवाप्रदान गर्दै सेवानिवृत्त हुनुभएका आदरणीय हरिराम कुम्हारलाई सफल पेशागत जीवनको सम्मानसहित सुखद, स्वास्थ्यपूर्ण र आनन्दमय निवृत्त जीवनको हार्दिक शुभकामना व्यक्त गरिएको थियो ।

त्यसैगरी, घोराही वितरण केन्द्रबाट बढुवा पदस्थापन भएर नेपालगन्ज वितरण केन्द्रमा जिम्मेवारी सम्हाल्न आएकी कुन्नुकुमारी चौधरीलाई पनि सफल कार्यकाल र प्रेरणादायी सेवाको शुभकामना दिइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार