मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

जनमत बाँकेको दशैं तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२७ अशोज २०८०, शनिबार

बाँके । बाँकेको नेपालगंजमा जनमत पार्टीको दशै तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापना कार्यक्रम सम्पन्न भएको छ । जनमत बाँकेको आयोजनामा कार्यक्रममा सम्पन्न भएको हो ।

जनमत पार्टी बाँकेका इन्चार्ज बिष्णु यादवको अध्यक्षतामा भएको कार्यक्रममा जनमतका केन्द्रीय उपाध्यक्ष एंव प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति तथा पूर्व मन्त्री अब्दुल खान प्रमुख आतिथी रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि खानले उपस्थित सबैलाई दशै तिहारको शुभकामना दिदै असत्य र अन्यायको लडाईमा न्यायको जित भएको दिनलाई दशमीका रुपमा मनाउने हुदाँ यस पर्वले महिलाको शक्तिलाई देखाएको बताए । उनले जिवन, घरपरिवार र समाजलाई जोड्ने आफ्नो कला, सस्कृति, भेषभूषालाई कहिले भुल्न नहुने बताए । उनले आफ्नो ईतिहासलाई भूलेमा सबै कुरा नष्ट हुने भएकाले ईतिहास जोगाइराख्न सबैलाई लाग्नुपर्ने जिकिर गरे । पछिल्लो समय दशै तिहार जस्ता महान चार्डलाई हेर्ने दृष्टिकोण पनि फरक हुदै गएकोले यसलाई नकारात्मक र सकारात्मक रुपमा हेर्न थालिएको बताए ।

पूर्व खानेपानी मन्त्री समेत रहेका सभापति खानले आफुहरु अहिले पनि समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै अगाडी बढिरहेको बताए । उनले जब सम्म सम्पूर्ण नेपालीहरुको पहुँच शिक्षा,स्वास्थ्य, खानेपानी, रोजगार जस्ता कुराहरु जोडिदैनन तब सम्म देश समृद्ध नहुने र नेपालीहरु खुसी नहुने भएकाले अहिले यसै कुरालाई जोड दिएर अगाडी बढिरहेको बताएका थिए । उनले जनमतलाई बलियो बनाउन स्वार्थ भन्दा माथि उठेर लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा जनातका केन्द्रीय सचिव राधा यादव, केन्द्रीय सदस्यहरु संविधान सभा सदस्य सन्ध्य देब, सत्यवती कुर्मी, पहलाद यादव, दिपक पासी, तेज नारायाण कणेल लगायतका नेताहरुले शुभकामना दिएका थिए । जनमतका नेता नारायाण पालले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन रोहित चौहानले गरेको जनमतका सहसचिव रियाज अन्सारीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार