मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

कालिकोटमा २१ दिने रुपान्तरण कक्षा सञ्चालन

महमूद आलम खान 1133+ समाचार ( )
बिद्यालय बाहिर रहेका किशोरीहरुलाई लक्षित गरी कालिकोटको खाडाचक्रमा रुपान्तरण कक्षा सञ्चालन गरिएको छ
१७ माघ २०७८, सोमबार

कालिकोट । बिद्यालय बाहिर रहेका किशोरीहरुलाई लक्षित गरी कालिकोटको खाडाचक्रमा रुपान्तरण कक्षा सञ्चालन गरिएको छ । 

युनिसेफ नेपालको सहयोग, खाडाचक्र नगरपालिकाको समन्वय र बास नेपालको आयोजनामा माघ १६ गते देखि उक्त कक्षा सञ्चालनमा आएको हो । किशोरीहरुका लागि सामाजिक तथा आर्थिक शिप विकास तालिमको एक कार्यक्रमका बिच खाडाचक्र नगरपालिकाका प्रबक्ता, कार्यबाहक नगर प्रमुख तथा वडा नं ११ का वडा अध्यक्ष पुष्पराज गिरीले उद्घघाटन गरेका छन् । उद्घघाटन सत्रमा बोल्दै कार्यवाहक नगर प्रमुख गिरीले बिद्यालय बाहिर रहेका किशोरीहरुलाई शिक्षा तर्फ उन्मुख गराउने अभियानका साथ सञ्चालन भएको रुपान्तरण कक्षाको सफलताको शुभकामना ब्यक्त गरे ।

उनले गाँउ घरमा विभिन्न कारणले बिद्यालय जान नसकेका किशोरीहरुका लागि कक्षा सञ्चालन गरेकोमा युनिसेफ र बासलाई धन्यबाद ज्ञापन गरे । कार्यक्रममा खाडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत अभिराज शाहि, युनिसेफ नेपाल कालिकोटका गणेश रावल, बास नेपालका कर्णालि प्रदेश संयोजक रमेश नेपाली लगायतको सहभागिता रहेको थियो । 

युनिसेफ नेपालको सहयोगमा बासद्धारा सञ्चालीत बाल संरक्षण कार्यक्रम अन्तरगत पालिका भित्र विभिन्न वडामा रहेका १९ बर्ष मुनिका १०० जना किशोरीहरुको ४ ओटा समुह गठन गरी २१ दिने रुपान्तरण कक्षा सञ्चालन गरिनेछ । यसरी रुपान्तरण कक्षामा सहभागि किशोरीहरुलाई आवश्यकता अनुसार बिद्यालय भर्ना गर्न प्रोत्साहन गरिने बासले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार