मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालको केन्द्रीय कार्य समितिका नवनिर्वाचित पदाधिकारीहरूले आज सम्माननीय सभामुख देवराज घिमिरेसँग भेटघाट गरेकाछन् ।

भेटघाटमा सभामुखलाई गैसस महासङ्घ नेपालको ११ औं महाधिवेशनले अर्जुन भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको कुरा जानकारी गराईयो ।

भेटघाटमा राष्ट्रिय नागरिक सम्मेलनको निष्कर्षको रूपमा तयार पारिएको घोषणापत्र सभामुखलाई हस्तान्तरण गरिएको छ ।

भेटमा नवनिर्वाचित अध्यक्ष भट्टराईले सङ्घ संस्थाहरूको दर्ता तथा सञ्चालनका लागि नयाँ एकीकृत ऐनको मस्यौदा तयार गर्ने कार्य सुरु भएको सन्दर्भमा सङ्घ संस्थाहरूसँग पर्याप्त समन्वय र परामर्शका आधारमा मात्र कानुन निर्माण गर्न सभामुखको ध्यानाकर्षण गराए ।

नयाँ ऐनलाई मानव अधिकार, लोकतन्त्र, सामाजिक सङ्घ संस्था र नागरिक समाज मैत्री बनाउन पनि सभामुखलाई आवश्यक पहल गर्न महासँँघअको टोलिले अनुरोध गरेको छ ।

सभामुख घिमेरेले सामाजिक सङ्घ संस्थाहरूप्रतिको छवी सुधार्न सुझाव दिँदै सङ्घ संस्थाहरूले आफ्ना क्रियाकलापहरू राष्ट्रिय प्राथमिकता र हित अनुकूल भएको सुनिश्चित गर्न पनि सुझाव दिए ।

सङ्घ संस्थामैत्री कानुन निर्माणका लागि सङ्घ संस्थाहरू र सरोकारवालाहरूसँग पर्याप्त परामर्श र छलफल पछि मात्रै अगाडि बढाउनुपर्ने बताउँदै यस सन्दर्भमा आफ्नो प्रयास सकारात्मक रहने पनि प्रतिबद्धता सभामुखले व्यक्त गरे ।

प्रतिक्रिया

पदम भण्डारी ३० फाल्गुन २०८१, शुक्रबार

गैससले ब्यवसाय गर्ने, उद्यमशिलता विकास गर्ने, आफ्नै आम्दानीको श्रोत बनाउने, कमाई गर्ने र नाफाको केहि प्रतिशत सामाजिक काममा लगाउने कानुन ल्याउनुपर्छ । तर नेपालका गैससहरु पराधिन भए, यो हिम्मत कसैले गर्लानजस्तो लागेन । यस्तो चर्चा कहिं सिनुंदैन ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार