मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नेपालगञ्ज-२३ को वडा कार्यालय उद्घाटन

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१३ जेठ २०८२, सोमबार

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ ले आफ्नै वडा कार्यालय भवन बनाएको छ । नवनिर्मित वडा कार्यालयको आज एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका छन् । वडा अध्यक्ष जबर अलि बेहनाको अध्यक्षतामा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । करीब ३५ लाख लागतमा वडा कार्यालय भवन निर्माण गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले नगरभित्रै रहे पनि पिछडिएको क्षेत्रको रुपमा रहेको वडा नम्बर २३ लाई प्राथमिकतामा राखेको बताए । वडामा भौतिक पूर्वाधार विकाससंगै शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि लगानी बढाउनुपर्ने देखिएको उनको भनाई छ । नगर प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले वडा नम्बर २३ को विकासका लागि समग्र नगर कार्यपालिका गम्भीर र संवेदनशिल रहेको बताए ।

उद्घाटन कार्यक्रममा भवनका लागि जग्गादाता स्वर्गीय राजेश्वरीदेवी चौहानका तीन जना छोराहरुलाई खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन वडा सचिव इन्द्र बहादुर केसीले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार