मुख्य समाचार
“स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश | बर्दियाको गुलरिया,मधुवन र बढैयातालमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन | जानकी गाउँपालिकामा तीन दिने विपद् उद्धार तालिम सम्पन्न | विपद्सँग जुध्न जानकी गाउँपालिका सक्रिय : तीन दिने उद्धार टोली क्षमता अभिवृद्धि तालिम सुरु | 'एसईई'मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार | जानकी अध्यक्ष कप क्रिकेटको उपाधि रमवापुरलाई |

नेपालगञ्जमा आयोजना भएको रात्रि दौडमा पाल र साहु बने प्रथम

यूथ टुडे समाचारदाता 3381+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

बाँके । नेपालगञ्ज १० किलोमिटर 'नाइट रन'को उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् ।

संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगञ्जमा भएको रात्रि दौडमा पालले ३१:०७:२१ मिनेटमा १० किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन् । एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए । सन्तोषले ३२:४८:४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२:५४:६३ मिनेटमा दौड पूरा गरी तृतीय भएका थिए ।

धारा नेपालगञ्ज म्याराथनको दशौँ संस्करण विशेष बनाउन 'दशौँमा दश इभेन्ट' अन्तर्गत पहिलो कार्यक्रमका रूपमा भएको १० किलोमिटर रात्रि दौडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीता कुमारी साहु पहिलो भइन् । उनले ५९:१६:५२ मिनेटमा दुरी पूरा गर्दा कोहलपुरकी स्वस्तिका शाहीले ५१:०६:३७ मिनेटमा दुरी पूरा गरी दोस्रो भइन् । सलिना थारु १ घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तृतीय भइन् ।

पुरुष तथा महिला खुलातर्फका शीर्ष तीन जनाले क्रमश नगद २५ हजार, १५ हजार र १० हजारका साथै पदक र प्रमाणपत्र प्राप्त गरे । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गौतम, केएल दुगड ग्रुपका सीईओ प्रदीप छाजेड, नेपालगञ्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गरे ।

जीवनमा पहिलोपटक रात्रि दौड पहिलोपटक दौडन पाउँदा र विजयी हुँदा खुसी भएको पालले बताए । 'मैले उपाधि नै जितेँ, इतिहास बनाउने अवसर पाएँ,' पालले भने, 'रात्रि दौडको मज्जा नै बेग्लै हुने रहेछ ।'

बाँके नरैनापुरकी गीता साहुले आफूले नसोचेको नतिजा हात पार्दा खुसी भएको बताइन् । 'पहिलोपटक यति धेरै पैसा जितेकी छु,' उनले भनिन्, 'यो पैसा आमालाई दिन्छु, अब त अझै धेरै खेल्छु ।'

भेट्रान पुरुषतर्फ रैवत दाहाल ३८:०८:७१ मिनेटमा दुरी पूरा गर्दै प्रथम, बाँके खजुराका भरत श्रेष्ठ ४८:५६:२३ मिनेटमा लिँदै दोस्रो तथा महेन्द्र बज्राचार्य ४९:१९:२५ मिनेट लिँदै तेस्रो भए । लुम्बिनीका निवर्तमान सदस्यसचिव भिम ओली, समाजसेवी लिलबहादुर थापाले भेट्रानलाई पुरस्कृत गरे ।

नेपालगञ्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दौड बीपीको चोक, धम्बोजी चोक, पुष्पलाल चोक, कारकादो चोकहुँदै राँझा नजिकै पुगेर पुन: सोही रुटमा बीपी चोक पुगेपछि दौड सम्पन्न भएको थियो ।

नेपालमै पहिलोपटक नाइट रन आयोजना सफल भएपछि आयोजक पदाधिकारी तथा नेपालगञ्जवासी उत्साहित देखिएका थिए । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले रात्रिकालीन दौडको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार