मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

नेपालगंजमा मेयरमा गठबन्धनका बिष्ट र उपमेयरमा राप्रपाकि बिन्दुको चर्चा

महमूद आलम खान 1133+ समाचार ( )
व्यवसाय, समाजसेवा र राजनीतिमा सक्रिय बिन्दु नेपालगंजका लागि अब्बल उम्मेदवार भएकोले मतदाताहरु प्रभावित भएर विजय गराउने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
२२ वैशाख २०७९, बिहीबार

बाँके । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा टोलटोलमा विभिन्न आँकलनहरु सुरु भएको छ । पश्चिम नेपालकै व्यापरीक केन्द्र नेपालगंज उपमहानगरपाललिकामा यो पटक दुईपक्षीय भिड्न्त हुने देखिएको छ ।

नेपालगंज उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट पशुपति दयाल मिश्राले उम्मेदवारी दिएका छन् । उनको टक्करमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमोर्चा र नेकपा माओवादी केन्द्रको तर्फबाट साझा उम्मेद्वार नेपाली कांग्रेस नेपालगंजका सभापति प्रशान्त बिष्ट नगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले जितेको यो पालिकामा आगमी निर्वाचनमा काग्रेसले जित्ने निश्चित जस्तै भई सकेको छ ।

यस पटकको निर्वाचनमा सत्ता गठवन्धनमा रहेका जसपा, नेकपा एस, जनमोर्चा र नेकपा माओवादी केन्द्रको समेत समर्थन प्रशान्त विष्टलाई रहेकोले एमालेका तर्फबाट उम्मेदवार बनेका मिश्रामो उम्म्दवारी कमजोर हुन गएको स्थानीयहरुले विश्लेषण गरिरहेका छन् ।

अर्कोतर्फ सत्ता विरोधी नेपाली मानसिकताले पनि मिश्राको उम्मेदवारी कमजोर भएको अनुमान रहेको छ । यसअघि विभिन्न पार्टीमा रही मधेशीहरुको वकालत गर्दै एमाले प्रबेश गरेका मिश्रा नाका बन्दीका क्रममा देखाएको उग्र भूमिकालाई स्पमरण गर्दै नेपालगंजबासीले नयाँ अनुहार खोजिरहेको कतिपयको भनाइ छ । 

मुस्लिम बाहुल्य नेपालगंजमा जातीय समीकरणले पनि यो पटक बिष्टलाई साथ दिने अनुमान गरिएको छ । २

यस्तै नेपालगंजको उपमेयरमा गठबन्दनका उम्मेदवार जसपा बाँकेका अध्यक्ष कमरुद्दीनलाई ०७४ को स्थानीय निर्वाचनमा मेयरमा उम्मेदवारी दिएका थिए । यस पटक गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएर चुनाबी मैदानमा होमिएका छन् । गठबन्धनबाट मेयर र उपमेयरमा दुबै पुरुष रहेकोले मतदाताहरुले उपमेयरमा एक जना महिलालाई ल्याउन जरुरी हुने बताउन थालेका छन् । स्थानीयहरुका अनुसार उपमेयरमा कमरुद्दीनको विकल्प राप्रपा कि उम्मेदवार बिन्दुचर्ति मगर रहेका अनुमान गरिएको छ ।

व्यवसाय, समाजसेवा र राजनीतिमा सक्रिय बिन्दु नेपालगंजका लागि अब्बल उम्मेदवार भएकोले मतदाताहरु प्रभावित भएर विजय गराउने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

कोभिड, जाडोमा उनले गरिब विपन्नलाई गरेको सहयोग जस्ता सामाजिक छविले पनि बिन्दु चर्तिमगरलाई सघाउने स्थानीयले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार