मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१६ जेठ २०८३, शनिबार

बाँके । बाँकेको जानकी गाउँपालिका–२ का वडा सदस्य रामधिरज यादव को शुक्रबार राति असामयिक निधन भएको छ। उहाँ लामो समयदेखि जटिल प्रकृतिको रोगबाट पीडित रहँदै आउनुभएको थियो।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ का अनुसार स्वास्थ्य समस्याका कारण उपचाररत रहेका यादवको शुक्रबार राति निधन भएको हो। उहाँको निधनसँगै जानकी गाउँपालिका तथा स्थानीय समुदाय शोकमा डुबेको छ।

वडा सदस्य यादवको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिका अध्यक्ष खाँले शोक वक्तव्य जारी गर्नुभएको छ। वक्तव्यमा स्वर्गीय यादवप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

यादव जनप्रतिनिधिका रूपमा मात्र नभई समाजसेवी व्यक्तित्वका रूपमा पनि परिचित हुनुहुन्थ्यो। स्थानीय विकास, सामाजिक एकता तथा जनताका समस्याको समाधानका लागि उहाँले पुर्‍याएको योगदानलाई गाउँलेहरूले स्मरण गरेका छन्।

स्थानीयवासीका अनुसार उहाँको निधनले जानकी गाउँपालिका–२ मात्र होइन, समग्र गाउँपालिकाले एक जिम्मेवार, जनमुखी र लोकप्रिय जनप्रतिनिधि गुमाएको छ। उहाँको निधनबाट स्थानीय समुदायमा अपूरणीय क्षति पुगेको बताइएको छ।

स्वर्गीय यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले उहाँको योगदानलाई सदैव सम्झिरहने बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार